१७ बैशाख २०७७ काठमाडौं । केपी प्रचण्डको हस्ताक्षर अभियान पार्टी फुटाउने खेल भएको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीकी सांसद रामकुमारी झाँक्रीले बताएकी छन् । हस्ताक्षर अभियान औचित्यहीन भएको उनको भनाइ छ ।
दासढुंगा दुर्घटनामा ज्यान गुमाएका नेता जीवराज आश्रित पत्नीलाई पनि बालुवाटार लगेर ओलीले आफ्नो पक्षमा हस्ताक्षर गर्न लगाएको कुराप्रति आक्रोष व्यक्त गरेकी छन्। कमरेडको निधन भएको २५ वर्षसम्म खोजतलास नगर्नेलाई अहिले उनकै पत्नीको सही चाहिएछ ?
आश्रित परिवारले यसबीचमा भोगेका अनेक हण्डर र दुखको मतलब नहुनेलाई हस्ताक्षरको खाँचो भयो भन्दै झाक्रिले औचित्यहीन हस्ताक्षर अभियानको तुक नभएको बताइन् । सरकारको नेतृत्व गरिरहेको अवस्थामा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पक्षमा चलाएको हस्ताक्षर अभियानले कुनै अर्थ नराख्ने बताएकी छन्।
बालुवाटारमा हस्ताक्षर अभियान चलाउनु भन्दा बहुमतै प्रमाणित गर्न खोजेको हो भने सीधै संसदमा फेस गर्न चुनौती दिइन् । सांसद झाँक्रीले वार्ताबाट समस्याको समाधान गर्नुपर्नेमा हस्ताक्षर अभियान चलाएर पार्टी फुटाउने खेल खेलेर कुबेलाको बाजा नबजाउन ओलीलाई आग्रह गरिन् ।
याे पनि पढ्नुहाेस्..
ओलीलाई चुनौती
प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पक्षमा बहुमत जुटाउन बालुवाटारमा हस्ताक्षर अभियान चलाएपछि त्यसलाई चुनौती दिन अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले पनि त्यही अभियान थालेका छन् ।
आफ्नो समूहका सांसदहरुलाई बुधबार दिउँसो बालुवाटारमा बोलाएका ओलीले त्यहीँ हस्ताक्षर अभियान चलाएका हुन् । ओली समुहमा स्रोतका अनुसार ९२ जना सांसदले हस्ताक्षर गरिसकेका छन्।
बुधबार साँझ सचिवालय बैठक बस्ने भएपछि ओलीले आफ्नो पक्षमा बहुमत रहेको सन्देश दिन खोजेका हुन् । उनको पक्षमा हस्तक्षर गर्न जीवराज आश्रित पत्नी माया ज्ञवाली र रवीन्द्र अधिकारी पत्नी विद्या भट्टराईलाई पनि बालुवाटारमा बोलाइएको थियो। बुधबार अपरान्ह ५ बजे पार्टीको सचिवालय बैठक बस्नुअघि बालुवाटारमा ओली पक्षले गुट बैठक राखेको जिकिर छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
झापा, १५ बैशाख । झापाको हल्दीबारी गाउँपालिका-५ त्रिवेणी चोकमा गएको राति आएको हावाहुरीले टिनको छाना भएको घर भत्किँदा ६५ वर्षीय मानबहादुर मगरको ज्यान गएको छ। जिल्ला प्रहरी कार्यालय झापाका...
मुस्ताङ । मुस्ताङको घरपझोङ गाउँपालिका थाकका पाँच गाउँ जोड्ने रिङरोडको ठिनी खोलामा धमाधम मोटरेबल पुल निर्माण भइरहेको छ । गण्डकी प्रदेश भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयअन्तर्गतको पूर्वाधार विकास...
भक्तपुर, १ जेठ । भक्तपुरको गठ्ठाघरमा अधुरो रहेको किरियापुत्री भवन निर्माण सम्पन्न गर्न आगामी जेठ ४ गतेदेखि श्रीमद्भागवत महायज्ञ हुने भएको छ। सनातन पितृमुक्ति समाज गठ्ठाघरको आयोजनामा हुने महायज्ञबाट...
म्याग्दी, १ जेठ । विगत तीन दशकयता यहाँको ऐतिहासिकस्थल ज्यामरुककोट क्षेत्रका दुई दर्जनभन्दा बढी कुवा र पँधेराहरु नासिएका छन् । तत्कालीन पर्वत राज्यअन्तर्गतको शक्तिशाली ज्यामरुककोटमा १७औँ शताब्दीमा ज्यामरुके राजा...