९ बैशाख २०७७ रौतहट । गरिब, असहाय, बिपन्न वर्गका मानिसलाई कुुहिएको दाल राहतका रुपमा वितरण गरेको आरोपमा बाराको कलैया उपमहानगरपालिकाका मेयर राजेश राय यादवलगायत १० जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले मेयर यादव सहित ५ वडाध्यक्ष, ३ जना कर्मचारी र एक जना दाल आपूर्तिगर्ने ठेकेदारलाई पक्राउ गरेको हो ।
कलैया नगरपालिका वडा नम्बर ७ मा रहेको ‘यादव कोल्ड स्टोर’मा भण्डारण गरिराखेको कुहिएको दाल चैत २९ गते प्रशासनबाट शिलबन्दी गरिएको थियो । शिलबन्दी गरिएको सो कोल्डस्टोर कलैया उपमहानगरपालिकाका मेयर यादवकै हो । कोरोना भाइरसको नियन्त्रणका लागि सरकारले जारी गरेको लकडाउनकामा गरिब, असहाय, बिपन्न वर्गका मानिसलाई मेयरले सोही कुहिएको दाल राहत स्वरुप वितरण गरेको स्थानीयले उजुरी गरेका थिए ।
अनुसंधानमा कुहिएको दाल वितरणमा दोषी पाइएपछि नियन्त्रणमा लिइएको बाराका एसपी कृष्ण पंगेनीले जानकारी दिए । ४ बर्ष पुरानो कुहिए दाल वितरण गरेको जानकारी स्थानीयहरुले दिएपछि बाराका सिडिओ रुद्र प्रसाद पण्डितको नेतृत्वको टोलीले चैत २९ अघिसुरुमा २५ किलोको २५ बोरा दाल नियन्त्रणमा लिएको थियो । मेयर यादवबिरुद्ध खाद ऐन अन्तर्गत मुद्धा दायर गरी कारबाही प्रक्रिया अगाडि बढाउने प्रहरीको तयारी छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाण्डौ, २ असार । बुन्डेसलिगा च्याम्पियन बायर्न म्युनिखले अमेरिकामा भइरहेको फिफा क्लब विश्वकपमा न्युजिल्याण्डको अकल्याण्ड सिटीलाई ऐतिहासिक १०–० को फराकिलो अन्तरले पराजित गरेको छ। यो जित क्लब विश्वकप इतिहासकै...
काठमाण्डौ, २ असार । द्वन्द्वग्रस्त इजरायल र इरानमा रहेका सबै नेपालीहरू अहिले सुरक्षित रहेका छन् । परराष्ट्र मन्त्रालयका अनुसार इजरायलमा करिब ५ हजार ५ सय नेपाली र इरानमा करिब १२...
काठमाण्डौ, २ असार । देशका केही भू-भागमा मनसुनी र पश्चिमी वायुको प्रभावसँगै वर्षा भइरहेको छ भने केही स्थानमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल...
सिमकोट, २ असार । हुम्लाको सर्केगाड गाउँपालिका–३ स्थित उनापानीको औल बस्तीमा गएराति भएको भीषण आगलागीबाट आठ घर पूर्ण रूपमा जलेर नष्ट भएका छन्। स्थानीय वासिन्दा विर्ख रावतको घरको गोठबाट...