कैलाश सिरोहिया ५ दिनदेखि अस्पतालमै

कैलाश सिरोहिया ५ दिनदेखि अस्पतालमै

काठमाडौं । नागरिकता विवादमा प्रहरीको नियन्त्रणमा रहेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया ५ दिनदेखि अस्पतालमा छन्। धनुषा जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहँदा बिरामी परेपछि उनी यही जेठ ११ गते जनकपुरस्थित काव्या अस्पतालमा भर्ना भएका थिए।

आज जेठ १५ गतेसम्म उनको उपचार जारी रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता, डीएसपी रञ्जन अवाले जानकारी दिए। उच्च रक्तचाप, मुटुको चालमा उतारचढाव र टाउको दुखाइ बढेपछि गत शुक्रबार साँझ सुरुमा जनकपुर प्रादेशिक अस्पताल लगिएका उनलाई थप उपचारका लागि जनकपुरमै रहेको काव्या अस्पताल भर्ना गरिएको हो।

परिवारका अनुसार सिरोहियालाई पहिलेदेखि नै डायबिटिज, उच्च रक्तचापलगायत स्वास्थ्य समस्या थिए।
उनलाई थप ३ दिन हिरासतमा राख्न प्रहरीले तेस्रोपटक सोमबार जिल्ला अदालतबाट अनुमति पाएको छ।

 


Thali Mobile Pvt.Ltd.