भर्खरै : Sorry, your browser does not support inline SVG.
रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु, दुर्घटनाबारे अनुसन्धान सुरु | सरकारको १५ दिने प्रतिबद्धता पूरा भएन, सुकुम्बासी फेरि सडकमा | फर्पिङ र नेपालगञ्जमा प्रहरीको कारबाही, लागूऔषधसहित तीन जना नियन्त्रणमा | जनकपुर वार्तापछि आन्दोलनकारीको विश्वास : गृहमन्त्री गुरुङले प्रतिबद्धता पूरा गर्नुहुन्छ | ६ स्वास्थ्य विज्ञान प्रतिष्ठान पदाधिकारीविहीन, शैक्षिक अनुसन्धान र प्रशासनिक काम प्रभावित | दाह्रा काटिएपछि ध्रुवे हात्ती निकुञ्जभित्रै, प्रत्येक १० मिनेटमा भइरहेको निगरानी | राष्ट्रिय सभामा महँगीको मुद्दा: खाद्यान्न र एलपी ग्यासको मूल्य घटाउन सरकारसँग माग | हिरासत र कारागारमा हुने शङ्कास्पद मृत्यु रोक्न संरचनात्मक सुधारको माग गर्दै सर्वोच्चमा रिट |

करिब १९ खर्ब रुपैयाँको बजेट तयार, खर्चको आकार कम हुन सक्ने

करिब १९ खर्ब रुपैयाँको बजेट तयार, खर्चको आकार कम हुन सक्ने

काठमाडौं । अर्थ मन्त्रालयले करिब १९ खर्ब रुपैयाँको बजेट तयार गरेको छ । नयाँ बजेटका आधारमा आयोगले तयार गरेको नयाँ मध्यमकालीन खर्च संरचना र विकास कार्यक्रमलाई प्रधानमन्त्री अध्यक्षताको आयोगको पूर्ण बैठकले आज बिहान पारित गरेको छ ।

आज दिउँसो १ बजे बस्ने मन्त्रिपरिषद् बैठकले बजेटका अतिरिक्त यससँग सम्बन्धित विधेयकहरूलाई पारित गर्ने छ । सरकारले चालु आर्थिक वर्ष २०८०र८१ का लागि १७ खर्ब ५१ अर्ब रुपैयाँको बजेट ल्याए पनि मध्यावधि समीक्षामार्फत १५ खर्ब ३० अर्ब मात्रै खर्च हुने अनुमान गरेको थियो । त्यसको तुलनामा आगामी आव २०८१र८२ मा आउने बजेट २४ प्रतिशत ठूलो हुनेछ ।

तर, बजेटसँगै सरकारले चालु आवको खर्चको अन्तिम संशोधित अनुमान पेस गर्ने छ । त्यसमा खर्चको आकार अझै कम हुन सक्ने छ । अर्थमन्त्रीले आजै दिउँसो ३ बजे संसद्को संयुक्त बैठकमा बजेट पेस गर्ने कार्यक्रम तय गरेको छ ।

 

 


Thali Mobile Pvt.Ltd.