भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

करिब १९ खर्ब रुपैयाँको बजेट तयार, खर्चको आकार कम हुन सक्ने

करिब १९ खर्ब रुपैयाँको बजेट तयार, खर्चको आकार कम हुन सक्ने

काठमाडौं । अर्थ मन्त्रालयले करिब १९ खर्ब रुपैयाँको बजेट तयार गरेको छ । नयाँ बजेटका आधारमा आयोगले तयार गरेको नयाँ मध्यमकालीन खर्च संरचना र विकास कार्यक्रमलाई प्रधानमन्त्री अध्यक्षताको आयोगको पूर्ण बैठकले आज बिहान पारित गरेको छ ।

आज दिउँसो १ बजे बस्ने मन्त्रिपरिषद् बैठकले बजेटका अतिरिक्त यससँग सम्बन्धित विधेयकहरूलाई पारित गर्ने छ । सरकारले चालु आर्थिक वर्ष २०८०र८१ का लागि १७ खर्ब ५१ अर्ब रुपैयाँको बजेट ल्याए पनि मध्यावधि समीक्षामार्फत १५ खर्ब ३० अर्ब मात्रै खर्च हुने अनुमान गरेको थियो । त्यसको तुलनामा आगामी आव २०८१र८२ मा आउने बजेट २४ प्रतिशत ठूलो हुनेछ ।

तर, बजेटसँगै सरकारले चालु आवको खर्चको अन्तिम संशोधित अनुमान पेस गर्ने छ । त्यसमा खर्चको आकार अझै कम हुन सक्ने छ । अर्थमन्त्रीले आजै दिउँसो ३ बजे संसद्को संयुक्त बैठकमा बजेट पेस गर्ने कार्यक्रम तय गरेको छ ।

 

 


Thali Mobile Pvt.Ltd.