काठमाडौं । संसारभर महामारीको रुपमा फैलिँदै गएको कोरोना भाइरस सङ्क्रमणका कारण आजसम्म १६ हजार ५ सय ५८ जनाको मृत्यु भएको छ ।
विश्व स्वास्थ्य सङ्गठन डब्लु एच ओले सार्वजनिक गरेकोे तथ्यांकनुसार विश्वभरि ३ लाख ८१ हजार ७ सय ६१ जना सङ्क्रमित भएका छन् । १ लाख २ हजार ४ सय २९ जना उपचारपछि घर फर्किएका छन् भने २ लाख ६२ हजार ७ सय ७४ व्यक्ति हाल सङ्क्रमित रहेको उसले बताएको छ ।
कोरोना भाइरस अहिलेसम्म १ सय ९२ भन्दा बढी देशमा फैलिसकेको जनाईएको छ । यसको सङ्क्रमणबाट चीनमा तीन हजार २ सय ७७ जनाको मृत्यु भएको छ भने, ८१ हजार १ सय ७१ जना सङ्क्रमित रहेको र ७३ हजार १ सय ५९ व्यक्ति उपचारपछि घर फर्किएका छन् ।
अत्यन्त प्रभावित इटालीमा ६ हजार ७७ जनाको मृत्यु तथा ६३ हजार ९ सय २७ जना सङक्रमित रहेको र ७ हजार ४ सय ३२ जना उपचारपछि घर फर्किएका छन् । इरानमा एक हजार ८ सय १२ को मृत्यु, १२ हजार ८ सय ६१ जना सङक्रमित, ८ हजार ३ सय ७६ जना उपचारपछि घर फर्किएका छन् ।
स्पेनमा २ हजार ३ सय ११ को मृत्यु, २९ हजार ४ सय ७० जना सङक्रमित र तीन हजार ३ सय ५५ जना उपचारपछि निको भएर घर फर्किएका छन् । जर्मनीमा १ सय २३ को मृत्यु, २८ हजार ४ सय ८० जना सङक्रमित र ४ सय ५३ उपचारपछि घर फर्किएका छन् । अमेरिकामा ५ सय ८२ को मृत्यु, ४५ हजार २ सय ६८ जना सङक्रमित, २ सय ९५ उपचारपछि घर फर्किएका छन् ।
फ्रान्समा ८ सय ६० जनाको मृत्यु, स्रोह हजार ७ सय ९६ सङ्क्रमित रहेका छन् भने २ हजार २ सय उपचारपछि घर फर्किएका छन् । दक्षिण कोरियामा १ सय २० को मृत्यु, पाँच हजार ४ सय १० सङ्क्रमित तथा तीन हजार ५सय ७ जना उपचारपछि घर फर्किएका छन् ।
स्विट्जरल्याण्डमा १ सय २० जनाको मृत्यु, ८ हजार ५ सय ४४ सङ्क्रमित, १ सय ३१ जना घर फर्किएका छन् ।बेलायतमा ३ सय ३५ को मृत्यु, ६ हजार १ सय ८० सङ्क्रमित र १ सय ३५ जना उपचारपछि घर फर्किएका छन् ।
नेडरल्याण्डमा २१३ को मृत्यु, चार हजार ५३४ सङ्क्रमित, २ जना घर फर्किएका छन् ।अष्ट्रियामा २१ को मृत्यु, चार हजार ४४४ सङ्क्रमित, ९ जना उपचारपछि घर फर्किएका छन् ।बेल्जियममा ८८ व्यक्तिको मृत्यु, तीन हजार २५४ सङ्क्रमित, ४०१ जना उपचारपछि घर फर्किएका छन् ।
नर्वेमा १० को मृत्यु, दुई हजार ६०१ सङ्क्रमित, ६ जना उपचारपछि घर फर्किएका छन् ।कोरोना भाइरस सङ्क्रमणका कारण अष्ट्रेलियामा ८, ब्राजिलमा ३४, स्वेडेनमा २७, पोर्चुगलमा २३, क्यानाडामा २४ , डेनमार्कमा २४ मलेसियामा १४, आयरल्याण्डमा ६, पोल्याण्डमा ८ जनाकाे मृत्यु भएकाे छ ।
त्यस्तै ग्रीसमा १७, इन्डोनेसियामा ४९ र फिलिपिन्समा ३३ हङकङमा ४, इराकमा २३ अल्जेरियमा १७ , भारतमा १०, पाकिस्तानमा ६, थाईल्याण्डमा ४, सिङ्गापुरमा २, रुसमा १, पेरुमा ५, मेक्सिकोमा ४, इजिप्टमा १९, पानामा ६ जनाकाे मृत्यु भएकाे छ ।
अर्जेन्टिनामा ४, लेवनान ४, संयुक्त अरव इमिरेट्समा २, ताइवानमा २, सानमरिनोमा २०, हङ्ग्रेरीमा ८, मोरोक्कोमा ४, अफगानिस्तानमा १, नाइजेरियामा १ , बङ्गलादेशमा ३, घानामा २, सुडानमा १ व्यक्तिको मृत्यु भएको विश्व स्वास्थ्य संगठनले जनाइएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
भक्तपुर, २९ असार । बागमती प्रदेश सरकारका स्वास्थ्य मन्त्री किरण थापाले भक्तपुर जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गर्नुभएकाे छ । शनिबार सूर्यविनायकमा खोप जिल्ला समन्वय समितिले आयोजना गरेको...
बेलबारी, २९ असार । बेलबारी नगरपालिकास्थित बेतना सिमसार क्षेत्र दिनप्रतिदिन पानीको अभावले सुक्न थालेको छ । यहाँ पानी सुकेसँगै माछा मर्न थालेका छन् भने त्यस क्षेत्र आसपासका जमिनमा सिँचाइको...
काठमाडौँ, २९ असार । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले विदेशी नागरिकलाई श्रम इजाजत दिने प्रक्रियामा कडाइ गर्ने निर्णय गरेको छ। नेपालमा विदेशी श्रमिकको संख्या बढ्दै गएपछि विभागले अब नेपाली...
म्याग्दी, २९ असार। धवलागिरि गाउँपालिका–६ मा रहेको मराङखोलामा तीन सय ६५ मिटर लामो झोलुङ्गे पुल निर्माण भएको छ । सहरी विकास मन्त्रालयअन्तर्गतको स्थानीय पूर्वाधार विकास आयोजना कास्की, पोखराले घाइरीबोट...