भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

कोरोनाबिरुद्वको अभियानमा मेस्सीले गरे एक मिलियन युरो सहयोग

कोरोनाबिरुद्वको अभियानमा मेस्सीले गरे  एक मिलियन युरो सहयोग

एजेन्सी । चर्चित फुटबलर लियोनल मेस्सीले कोरोना भाईरसबिरुद्वको अभियानमा एक मिलियन युरो सहयोग गरेका छन् । स्पेनको बार्सिलोना क्षेत्रका लागि एक मिलियन युरो सहयोग गरेका हुन् ।

बार्सिलोनामा रहेका क्लिनिक तथा सार्वजनीक अस्पतालका लागि कोरोना संक्रमणबिरुद्व लड्न मेस्सीले सो रकम सहयोग गरेका हुन् । अस्पतालले मेस्सीले गरेको सहयोगलाई पुष्टि गर्दै कोरोनाबिरुद्वको अभियानमा सो रकम खर्च हुने बतायो ।

सोही प्रकृतिको सहयोग बार्सिलोनाका पूर्व प्रशिक्षक पेप ग्वार्डिओलाले समेत गरेका छन् । बार्सिलाना क्षेत्रमा मेडिकल सामाग्री खरिदका लागि ग्वार्डिओलाले समेत १ मिलियन युरोनै सहयोग गरेका हुन् । स्पेन कोरोनाबाट निकै प्रभावित युरोपेली मुलुक हो । 

 


Thali Mobile Pvt.Ltd.