१६ बैशाख २०७७ चितवन । कोरोना अस्पताल भरतपुर चितवनका सामग्रीहरु कर्मचारीहरुले नै चोरी गरेपछि अख्तियार दुरुपयोग अुनसन्धान आयोगले छापा मारेको छ ।
कर्मचारीले सामाग्री चोरी गरिरहेको सिसिटिभी फुटेज बाहिरिएपछि वाध्य भएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कोरोना विशेष अस्पतालमा छापा मारेको हो । अख्तियारको टोली हेटौंडाबाट त्यहाँ पुगेर कागजपत्र नियन्त्रणमा लिएको छ ।
सो अस्पतालमा व्यापक आर्थिक अनियमितता भएको आशंका गरिएको छ । अस्पताल संचालनका लागि प्रदेश सरकारले एक करोड रुपैयाँ प्रदान गरेको थियो। अस्पतालका कर्मचारीले रातको समयमा सामानहरु चोरी गरेको भिडियो प्रमाण सार्वजनिक भएको छ ।
कार्यदलको स्टोर र कोरोना विशेष अस्पतालको स्टोर एउटै ठाउँमा भएकाले व्यवस्थित मात्रै गरिएको भन्दै चोरी प्रकरणको बचाउ विज्ञप्ति निकालेर कार्यदलले गरेको छ । कोरोना विशेष अस्थायी अस्पताललाई भरतपुर अस्पतालले संचालन गर्ने सहमतिपछि सम्पूर्ण अस्पतालको बरबुझारथ गर्नुपर्ने भएकाले एकै ठाउँका सामानलाई व्यवस्थित गरिएको जिकिर कार्यदलका सदस्य सचिव डा. भोजराज अधिकारीद्वारा जारी विज्ञप्तीमा गरिएको छ ।
अस्पतालमा कार्यरत भरतपुर महानगरपालिकाका लेखापाल फणिन्द्र खनाल, भरतपुर अस्पतालका कर्मचारी सञ्जय बराल र भरतपुर महानगरपालिका स्वास्थ्य शाखाका अधिकृत सूर्य तिवारीले रातको समयमा स्टोरबाट सामान पोको पारेर लगेको भिडियोमा प्रष्ट देख्न सकिन्छ ।
पङ्खा, मास्क, स्यानिटाइजर, मोनिटर स्क्रिन, बेगन, चप्पल, ग्लु स्टिक, साबुन छानीलगायतका सामान उनीहरुले पोको पारेर लगेका थिए । समान लगेपछि स्टोर कोठाको बत्ती निभाएको भिडियोमा देखिन्छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडाैं, २६ असार ।चीनबाट नेपाल प्रवेश गर्ने लेहेन्दे खोलामा आएको बाढीले रसुवा र नुवाकोटका १० भन्दा बढी जलविद्युत आयोजनामा क्षति पुर्याएको छ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) अनुसार...
भक्तपुर, २६ असार । भक्तपुर नगरपालिकाकाे युवा तथा खेलकुद समितिको आयोजनामा भक्तपुर नगरपालिकाअन्तर्गत विभिन्न खेलकुद प्रशिक्षणमा सहभागी भई यस वर्षको एसईई परीक्षा सफलतापूर्वक उत्तीर्ण गरेका खेलाडीहरूलाई बधाई तथा मार्गदर्शन...
काठमाडौं, २५ असार । लोकप्रिय देउडा शैलीमा आधारित नयाँ गीत “लाली पाउडर लाया जसी” सार्वजनिक भएको छ। गायक रोशन टमट्टा र गायिका संगीत बडुवालको आवाजमा सजिएको गीतले सुदूरपश्चिमको सांस्कृतिक...
काठमाडौँ, २५ असार । बुढानिलकण्ठ नगरपालिका–६ मा मिति २०८२ असार २१ गते शनिबारका दिन निःशुल्क दन्त शिविर सम्पन्न भएको छ। सेवा निवृत्त स्वास्थ्य कर्मचारी समाज नेपाल र एन्जल हेल्थ...