भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

कालिकोट पलाताका मजदुर र विद्यार्थीलाई काठमाडौमा राहत वितरण

कालिकोट पलाताका मजदुर र विद्यार्थीलाई काठमाडौमा राहत वितरण

१६ बैशाख २०७७ काठमाडौं । लकडाउनका कारण काठमाडौमा रहेका कालिकोट पलाता गाउँपालिकाका मजदुर र विद्यार्थीलाई खाद्यान्न राहत वितरण गरिएको छ ।

राप्रपाका युवा नेता निराजन बमको पहलमा खाद्यान्न वितरण भएको हो । कालिकोट पलाताबाट रोजगारीका लागि आएका मजदुर र पढ्न आएका विद्यार्थी गरि झन्डै २५ परिवारलाई खाद्यान्न राहत सहयोग गरिएको बमले बताए ।

कालिकोट र पलाताको बिकास निर्माणमा महत्त्वपूर्ण भुमिका निर्वाह गर्दै आएका बमको सहयोगमा प्रति परिवार १५ केजी चामल, १ पाकेट नुन, १ केजी दाल र १ पाकेट तेल उपलब्ध गराएका छन् ।

सो सहयोगमा राप्रपाका एन्जियो बिभाग प्रमुख कुन्ती पोखरेलको विशेष साथ रहेको र राहत वितरणमा सहयोग गर्ने तारा मन्डल महिला शसक्तीकरण रहेको बमले बताए ।

 


Thali Mobile Pvt.Ltd.