File Photo
४ साउन २०७७ भक्तपुर । उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुरमा कोरोना भाइरसको संक्रमण बढदै गएको छ । संक्रमण बढ्दै जाँदा स्थलमार्ग हुँदै भक्तपुर छिर्नेको संख्या पनि बढ्न थालेको छ । सरकारले लकडाउन खुकुलो गरेसँगै विभिन्न सवरीसाधन र स्थलमार्गबाट भक्तपुर प्रवेश गरिरहेका छन् ।
चैत ११ गतेदेखि लकडाउनका बेला भक्तपुर छोड्नेको संख्या बढेको थियो भने असार १ गतेबाट रामेछाप, दोलखा, काभ्रेलगायतका ठाउँबाट कोरोना परिक्षण विना भक्तपुर छिर्नेको संख्या हवात्तै बढेको हो । रामेछापबाट ट्याक्सी रिजव गरेर भक्तपुर नगरपालिकामा छिरेका नाम नबताउने शर्तमा उनीहरुले भने, ‘प्रहरीले सोधपुछ पनि गरेर, हामी उद्योगमा काम गर्ने मजदुर हौं । शहिद स्मृती खेलमैदान नजिकै कोठा भाडामा बस्छौं ।’
भक्तपुर औद्योगिक क्षेत्रमा काम गर्ने उनीहरु अस्ती मात्रै आएको बताए । ‘चेक चाँच पनि गरेका छैनौं । घरबेटीले पनि केहि चाल गर्नु भएन, यता काममा पनि लाग्नु छ, त्यसैले आएका हाैं ।’ उनीहरूले भने ।
प्रहरीले केरकार गर्छ भनेर कतिपय ठाउँमा हिँडेर प्रवेश गर्नेको संख्या भक्तपुरमा बढ्न थालेको छ । प्रहरीको आँखा छलेर धेरै मानिस भक्तपर नगरमा प्रवेश गरिरहेको उनीहरुले बताए । बालबच्चा साथमा नै ल्याएका उनीहरूलाइ PCR Test Report विना काममा भने लाग्न नदिने उद्याेगले बताएकाे छ ।
