१७ बैशाख २०७७ काठमाडौं । विश्वभर कोरोना भाइरसको सङ्क्रमणमा अहिले सम्म ३१ लाख बढि मानिस छन् । दुई सय १० देशमा फैलिएको भाइरसले १९ लाख ६४ हजारभन्दा बढीको उपचार भएर घर फर्किएका छन् भने २ लाख १७ हजारभन्दा बढीको ज्यान गएको छ ।
५७ हजार तीन सय सात जनाको अवस्था जटिल रहेको छ । अहिलेसम्म ज्यान गुमाउने र सङ्क्रमित हुनेको सङ्ख्या सबैभन्दा बढी अमेरिकामा छ । अमेरिकामा गएको २४ घण्टामा झण्डै दोब्बरले ज्यान गुमाएका छन् ।
ज्यान गुमाउनेको संख्या त्यहाँ ५९ हजार नाघेको छ । इटलीमा २७ हजारबढिको ज्यान गएको छ । स्पेन र फ्रान्समा अहिलेसम्म साढे २३ हजारभन्दा बढीको ज्यान गएको छ । स्पेनमा दुई लाख ३२ हजारभन्दा धेरैमा सङ्क्रमण पुष्टि हुँदा फ्रान्समा एक लाख ६५ हजारभन्दा बढीमा सङ्क्रमण पुष्टि भएको छ ।
साढे २१ हजारभन्दा बढीको ज्यान गएको बेलायतमा गएको २४ घण्टामा थप पाँच सय ८६ जनाले ज्यान गुमाएका छन् । बेलायतमा एक लाख ६१ हजारभन्दा बढीमा कोरोना पुष्टि भएको छ । कोरोनाको उद्गम देश चीनमा ८२ हजार आठ सय ३६ जनामा कोरोना पुष्टि भएकोमा चार हजार ६ सय ३३ जनाको ज्यान गएको थियो । जर्मनीमा सङ्क्रमितको सङ्ख्या एक लाख ५९ हजार नाघेको छ ।
यसैगरी भारतमा ३१ हजार तीन सय ६० जनामा कोरोना पुष्टि भएकोमा एक हजार आठ जनाको ज्यान गएको छ । नेपालमा भने संक्रमितको संख्या ५४ पुगेको छ भने १६ जना निको भएका छन् । ३८ जनाको अवस्था सामान्य रहेको र उनीहरुको उपचार भैरहेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
भरतपुर । चितवनको माडीस्थित पर्यटकीय गन्तव्य बैकुण्ठ तालमा पौडी खेल्न रोक लगाइएको छ । यहाँ पौडी खेल्दा प्रत्येक वर्ष मानिसको डुबेर मृत्यु हुन थालेपछि बैकुण्ठ ताल व्यवस्थापन समितिले पौडी...
जाजरकोट। भूकम्पका कारण जाजरकोट जिल्लाका एक लाख २८ हजार ९ सय १७ जना प्रभावित भएका छन् । जाजरकोटमा गत कात्तिक १७ गते रामिडाँडा केन्द्रविन्दु बनाएर गएको भूकम्पका कारण जोखिमको...
काठमाडौं । अहिलेसम्म १० वाणिज्य बैंकहरुले सञ्चित नाफाबाट सेयरधनीलाई लाभांश घोषणा गरेका छन् । घोषणा गरेकामध्ये ७ बैंकको बुक क्लोज भइसकेको छ । बुक क्लोज भएका बैंकहरुको सेयर खरिद...
काठमाडौं । काठमाडौं महानगरपालिकाले सडक तथा नदी किनारमा आगो बाल्न निषेध गरेको छ । आगो बाल्दा वायु प्रदुषण बढ्ने भन्दै महानगरपालिकाले आगो निषेध गरेको हो । अटेर गरेमा पाँच...