भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

कोरोना संक्रमण बढ्दै नेपालमा संक्रमित संख्या ५४ पुग्याे (भिडियाे)

कोरोना संक्रमण बढ्दै नेपालमा संक्रमित संख्या ५४ पुग्याे (भिडियाे)

१६ बैशाख २०७७ काठमाडौं । आज थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा संक्रमितको संख्या ५४ पुगेको छ । रौतहटका दुई पुरुषमा संक्रमण पुष्टि भएसँगै नेपालमा संक्रमितको संख्या ५४ पुगेको हो ।

भारतबाट आएर कवारेन्टाइनमा बसिरहेका उनीहरुको नमुना परीक्षण गर्दा पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयक प्रवक्ता डा. विकास देवकोटाले बताए । भारत लगायत अन्य मुलुकबाट आएका अधिकांश व्यक्तिहरुमा नेपालमा संक्रमण देखिएको हो ।

को शी अस्पतालमा सबैभन्दा बढी ३१ जनाको उपचार भइरहेको छ भने नारायणी अस्पतालमा ३, चितवनमा ३ र सेती प्रादेशिक अस्पतालमा १ जना संक्रमितको उपचार भैरहेको छ । १६ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

५४ हजार ८ सय २६ मा परीक्षण भएको पिसिआर विधिबाट १० हजार ८ सय ७ र आरडिटीबाट ४४ हजा १९ वटा नमुना परीक्षण भएको मन्त्रालयका प्रवक्ता देवकोटाले बताए ।

https://www.facebook.com/Kailashkhabarnews/videos/2610734735804887/

प्रदेश नम्बर १ मा ४ हजार ८ सय २८

प्रदेश नम्बर २ मा ५ हजार २ सय ४९

बागमती प्रदेशमा ८ हजार ४ वटा आरडिटी परीक्षण भएका छन् ।

गण्डकी प्रदेशमा ४ हजार ९ सय ३६

प्रदेश नम्बर ५ मा ५ हजार ३ सय २८

कर्णाली प्रदेशमा ५ हजार १ सय ८१

सुदूरपश्चिम प्रदेशमा १२ हजार २ सय ८३ वटा आरडिटी परीक्षण भएका छन् ।

देशभरी अहिले २२ हजार ९९ जना क्वारेन्टाइनमा रहेका छन् । प्रदेश नम्बर ५ मा सबैभन्दा बढी १२ हजार १ सय ६४ जना क्वारेन्टाइनमा रहेका छन् । प्रदेश नम्बर १ मा २ हजार २ सय ८८, प्रदेश नम्बर २ मा १ हजार ५ सय १२, बागमती प्रदेशमा ३ सय ६१ र गण्डकी प्रदेशमा ६ सय ७६ जना क्वारेन्टाइनमा रहेका छन् ।

यसैगरी कर्णाली प्रदेशमा १ हजार ३ सय ९ र सुदूरपश्चि प्रदेशमा १ हजार ३ सय ९ जना क्वारेन्टाइनमा रहेका छन् । काठमाडौं उपत्यकामा ४ र बाहिर १ सय ३ गरी १ सय ७ जना आइसोलेसनमा उपचाररत रहेको प्रवक्ता देवकोटाले जानकारी दिए ।

 


Thali Mobile Pvt.Ltd.