२७ बैशाख २०७७ काठमाडौं । नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या १०९ पुगेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु र कोशी अस्पताल विराटनगरको प्रयोगशालामा गरिएको परीक्षणमा थप ७ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार संक्रमितहरुमा उदयपुरको भुल्केका १८, ४५ र ६५ वर्षीय महिला र कपिलबस्तुका १७, १८ र १८ नै वर्षका पुरुष रहेका छन् । यस्तै पर्साको छपकैयाका ६२ वर्षीय पुरुष्मा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
उनीहरुको सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ । नेपालमा कोरोना संक्रमण फैलिदै गएपछि नागरिकले उच्च सतर्कता अपनाउन पनि मन्त्रालयले आग्रह गरेको छ । कोरोना नियन्त्रण गर्न लकडाउन एक मात्र विकल्प भएकाले सरकारको निर्णय कार्यान्वयन गर्न सबैमा अनुरोध गरेको हो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पोखरा । पोखरा महानगरपालिकाका अधिकृत कपिल गिरीविरुद्ध घुससहित पक्राउ परेपछि विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ। गिरीले अख्तियारमा उजुरी परेको नक्कली विवरण देखाएर आफ्नै कार्यालयका कर्मचारीसँग २५ हजार...
काठमाण्डौ । तीन जना बालबालिका धनुषामा मृत भेटिएका छन् । धनुषाको शहीदनगर नगरपालिका–५ यदुकोहामा एकै परिवारका तीन जना बालबलिका मृत भेटिएका हुन । सुशील साहका ६ वर्षीय छोरा आदित्य,...
सुर्खेत। कर्णाली प्रदेश सरकारको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक समीक्षामा विकास बजेटको जम्मा २०% (३ अर्ब ९३ करोड) मात्र खर्च भएको छ। १८ अर्ब ७५ करोडको बजेटमध्ये ८०% खर्च...
भक्तपुर, ८ बैशाख । ‘नयाँ वर्ष, नयाँ सोच, युवाहरुको लागि प्रगतिको स्रोत’ भन्ने नाराका साथ आयोजित नवौं भक्तपुर औद्योगिक, साँस्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सव २०८१/०८२ मा करिब ३ लाख...