भर्खरै : Sorry, your browser does not support inline SVG.
भारतीय गाडी नेपालमै राखेर तस्करी, छुटपुर्जीको दुरुपयोगमा कर्मचारीको मिलेमतोको आशङ्का | इन्टरनेटको मूल्य घटेन, प्राधिकरणको कारबाही पनि प्रभावहीन ? | दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ |

खाना पकाउने ग्यासको सिलिण्डर आधा मात्र हुने

खाना पकाउने ग्यासको सिलिण्डर आधा मात्र हुने

काठमाडाैं । अब खाना पकाउने ग्यासको सिलिण्डर आधा मात्र भरेको पाइने भएको छ । आयल निगमले सिलिन्डर आधा मात्र भनेर बजारमा पठाउन ग्यास उद्योगलाई निर्देशन दिएको छ ।

निगमले दिएको निर्देशन अनुसार अब सिलिन्डरमा ७.१ केजी मात्रै ग्यास हुने जनार्ईएको छ । मागअनुसार ग्यास पुर्‍याउन नसकिने अवस्था आएपछि आधा सिलिण्डर ग्यास बेच्ने निर्णय भएको आयल निगमले बताएको छ ।

आधा परिमाण मात्रै ग्यास भर्न निर्देशन दिएको एलपी ग्यास उद्योग संघका पूर्वअध्यक्ष शिव घिमिरेले बताए । कोरोना भाइरसको सन्त्रासका कारण ग्यासको माग उच्च र आपूर्ति निकै कमजोरका साथै कालोबजारी मौलएकाले यसो गरिएको उनको भनाई छ ।

सरकारले लकडाउन गरेपछि सबैलाई ग्यास उपलब्ध गराउन आधा सिलिण्डर मात्र भरेर बेच्न लागिएको भन्दै सरकारबाट थप निर्देशन कुरिरहको उनको भनाई छ ।

 


Thali Mobile Pvt.Ltd.