भर्खरै : Sorry, your browser does not support inline SVG.
पेट्रोलियम पदार्थ चोरी प्रकरणमा पेट्रोल पम्प सञ्चालकसहित ७ जना पक्राउ | विस्थापित बालबालिकाको शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न सरकारलाई सर्वोच्चको अन्तरिम आदेश | विकसित १६ वटा भाइरसले ‘ईकोलाई’ जस्ता ब्याक्टेरियालाई नष्ट गर्न सफल, मानिसका लागि खतरा नरहेको दाबी | महानगर र उपमहानगर क्षेत्रमा ठूलो रकमको घरजग्गा कारोबार गर्न इजाजतपत्र अनिवार्य | नेपाल औषधि लिमिटेड २५ वर्षपछि नाफामा, ३७ प्रकारका औषधि उत्पादनको तयारी | वर्षा, पहिरो र सडक कटानका कारण देशभरका एक दर्जनभन्दा बढी राजमार्ग तथा सडकखण्ड प्रभावित | सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो खस्दा सशस्त्र प्रहरीको बीओपीमा भौतिक क्षति | ट्रम्प प्रशासनले आयातकर्तालाई करिब १ खर्ब डलर ट्यारिफ फिर्ता गर्‍यो, अदालतले शुल्कलाई अवैध ठहर |

छुटेकालाइ लिन फ्रान्सबाट प्लेन आउँदै

छुटेकालाइ लिन फ्रान्सबाट प्लेन आउँदै

काठमाडौं । लकडाउनले नेपालका विभिन्न स्थानमा फसेका पर्यटकको उद्दार गरिएको नेपाल पर्यटन बोर्डले बताएको छ ।

देशका विभिन्न ठाँउमा रहेका पर्यटकलाई काठमाडौ ल्याउन लागिएको भन्दै बोर्डका निर्देशक लिला बानियाँले फ्रेन्च, जर्मन तथा अन्य यूरोपेली मुलुकका नागरिकलाई काठमाडौं ल्याउने बताए ।

फ्रान्स सरकारले नेपालमा रहेका आफ्ना नागरिकलाई लैजान फ्रान्सबाट चार्टर्ड प्लेन नेपाल पठाउने तयारी गरेको भन्दै बानियाँले फ्रेन्च दूतावासकै पहलमा देशका विभिन्न स्थानमा रहेका फ्रान्सेली नागरिकलाई काठमाडौं ल्याउन लागिएको बताए ।

सम्बन्धित मुलुकले आफ्नो व्यवस्था गरी स्वदेश नर्फकाएसम्म उद्दार गरिएका पर्यटक काठमाडौंका विभिन्न होटेलमा बस्ने व्यवस्था मिलाउने उनको भनाई छ । नेपालमा कति पर्यटक छन् तिनको विस्तृत तथ्यांक आइसकेको छैन ।

 


Thali Mobile Pvt.Ltd.