भर्खरै : Sorry, your browser does not support inline SVG.
सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती | हर्मुज जलसन्धिमा इरान–ओमानबीच संयुक्त नौपरिवहन मार्गको सम्झौता हुँदै, बहराइन बैठकमा नजाने | मलेसिया रोजगारीमा सिन्डिकेटको आशंका : २५ म्यानपावरमाथि छानबिन, २५० संस्थाको प्रक्रिया रोकियो | शीतल बजारमा पृथ्वी राजमार्ग खोल्न नेपाली सेनाको ब्लास्टिङ, नयाँ सडक संरचना बनाइँदै | वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा, बाँकी संरचना हटाउने काम तीव्र | रसुवागढी नाका बन्द भएपछि मुस्ताङको कोरलानाकामा बढ्यो कारोबार, १५ दिनमै पौने दुई अर्ब राजस्व | बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द |

संगीत क्षेत्रमा विभेदकाे गन्ध आउनु लज्जाको विषय : गायक शिव परियार

संगीत क्षेत्रमा विभेदकाे गन्ध आउनु लज्जाको विषय : गायक शिव परियार

काठमाडौं । नेपाली संगीतमा जातीय विभेदको गन्ध अझै कायम रहेको गायक शिव परियारले बताएका छन् । संगीत क्षेत्रमा पनि यस्तो गन्ध आउनु लज्जाको विषय भएको भन्दै उनले संगीतमा क्षेत्रीय र वर्गीय विभेद पनि कायमै रहेको दावी गरेका छन् ।

राजधानीको कुञ्ज थिएटरमा ‘गीत, गजल र शीतल’ कार्यक्रममा सम्मान ग्रहणपछि शनिवार आफ्नो मन्तव्य राख्दै संगीत क्षोत्रमा देखिएको वर्गीय विभेदले नयाँ पुस्तामा निराशा पैदा हुने अवस्था आएको बताए ।

संगीतमा व्यवसायिकताको खोजी गर्दै साधना गरिरहेको भन्दै परियारले संगीतलगायतका विभेदको अन्त्य गरिन जरुरी रहेको बताए ।

नेपाली संगीतमा गजल गायनको नयाँ आयाम प्रस्तुत गर्न सफल भएको भन्दै गायक परियारलाई सम्मान गरिएको ‘गीत, गजल र शीतल’ कार्यक्रमकी प्रमुख शीतल कादम्बिनीले बताइन् । कार्यक्रममा विप्लव प्रतीकले आफ्ना नयाँ पुराना गीत वाचन गरेका थिए ।

 


Thali Mobile Pvt.Ltd.