भर्खरै : Sorry, your browser does not support inline SVG.
गहुँको समर्थन मूल्य निर्धारण प्रस्ताव उद्योग मन्त्रालयमा, मन्त्रिपरिषद्ले अन्तिम निर्णय गर्ने | कम्बोडियाबाट २१ नेपालीको उद्धार, अनलाइन स्क्यामिङ केन्द्रबाट स्वदेश फिर्ता | आन्दोलनमा जलेका रातो मछिन्द्रनाथ रथका पाङ्ग्रा पुनः निर्माण सम्पन्न | समानुपातिक सांसद टुंगो र विधान संशोधनका लागि रास्वपा सचिवालय बैठक | दादुरा प्रभावित ढोरपाटनमा चार हजार ६१७ जनालाई खोप लगाइयो | अकबरे खुर्सानी रोप्नमा व्यस्त भोजपुरका किसान | प्राविधिक र वैज्ञानिक विधिबाट अनुसन्धान, पोलिग्राफीसहितको विज्ञ टोली सुर्खेत पुग्यो | डेडिकेटेड र ट्रङ्कलाइन महसुल विवाद:आयोगमा चैत १ गते सुनुवाइ हुने |

चिकित्सकले मलाई यतिसम्म गरे : कोरोना पीडित प्रधानमन्त्रीको अनुभव

चिकित्सकले मलाई यतिसम्म गरे : कोरोना पीडित प्रधानमन्त्रीको अनुभव

२१ बैशाख २०७७ काठमाडौ । केहि समय पहिले कोरोना भाइरसका कारण बेलायतका प्रधानमन्त्री बोरिस जोनसन अस्पताल भर्ना भएका थिए । अस्पतालमा उनको उपचार हुदाँ के के भए भन्ने कुरा प्रम जोनसनले आफ्नो उपचारसँग जोडिएका कुरा सार्वजनिक गरेका छन् ।

२६ मार्चमा कोरोना संक्रमित भएका उनी तत्पश्चात् लण्डनको सेन्ट थोमस अस्पतालमा भर्ना गरिएको थियो । अस्पताल भर्ना गरिएको भोलिपल्टै उनलाई आइसीयूमा भर्ना गरियो । अहिले भने पूर्ण रुपमा निको भएर काममा फर्किसकेका छन् ।

काममा फर्किए लगतै जोनसनले सन पत्रिकालाई एक अन्तरवार्ता दिदै उपचारमा संलग्न चिकित्सकले उनलाई जिउँदो राख्नका लागि थुप्रै लिटर अक्सिजन दिएको जानकारी दिएका छन् । यो भयावह स्थितीबाट कहिले पार हुने हो भन्नेबारे मात्रै आफुले सोचेको भन्दै चिकित्सकको आफुलाई बचाउन अहम भूमिका निभाएको बताए ।

उनकी पार्टनर केरी साइमन्ड्सले बोरिसको उपचारमा खटिएका दुई डाक्टरको नाममा आफ्नै सन्तानको नामसंग जोडेर राखेको जानकारी दिएकी छन् । अस्पतालबाट डिस्चार्ज भएपछि नै केरी साइमन्ड्सलाई पुत्रलाभ भएको संयोग थियो ।

आफ्नो स्थिती बिग्रिएको अवस्थामा के गर्ने भनेर डाक्टरहरुले त्यसको पनि प्रबन्ध मिलाएको बोरिसले जानकारी दिएका छन् । ‘केही दिनभित्रै मेरो स्थिती अत्यधिक खराब भएको थियो, मेरा लागि यो कुरा विश्वास गर्न मुश्किल थियो ।’ डाक्टरहरुले आफ्नो अत्यधिक हेरविचार गरेका कारण आफू निको भएको प्रधानमन्त्री जोनसनको ठम्याइँ छ ।

प्रधानमन्त्रीको स्थिती कतिसम्मको नाजुक भएको थियो भन्ने कुरा उनको अभिव्यक्तिबाटै प्रष्ट भएको विविसीले उल्यख गरेको थियो । दुई डाक्टरले एक बयान जारी गरेर प्रधानमन्त्री र उनकी पार्टनरलाई शुभकामना सहित धन्यवाद पनि दिएका थिए ।