२१ बैशाख २०७७ काठमाडौ । केहि समय पहिले कोरोना भाइरसका कारण बेलायतका प्रधानमन्त्री बोरिस जोनसन अस्पताल भर्ना भएका थिए । अस्पतालमा उनको उपचार हुदाँ के के भए भन्ने कुरा प्रम जोनसनले आफ्नो उपचारसँग जोडिएका कुरा सार्वजनिक गरेका छन् ।
२६ मार्चमा कोरोना संक्रमित भएका उनी तत्पश्चात् लण्डनको सेन्ट थोमस अस्पतालमा भर्ना गरिएको थियो । अस्पताल भर्ना गरिएको भोलिपल्टै उनलाई आइसीयूमा भर्ना गरियो । अहिले भने पूर्ण रुपमा निको भएर काममा फर्किसकेका छन् ।
काममा फर्किए लगतै जोनसनले सन पत्रिकालाई एक अन्तरवार्ता दिदै उपचारमा संलग्न चिकित्सकले उनलाई जिउँदो राख्नका लागि थुप्रै लिटर अक्सिजन दिएको जानकारी दिएका छन् । यो भयावह स्थितीबाट कहिले पार हुने हो भन्नेबारे मात्रै आफुले सोचेको भन्दै चिकित्सकको आफुलाई बचाउन अहम भूमिका निभाएको बताए ।
उनकी पार्टनर केरी साइमन्ड्सले बोरिसको उपचारमा खटिएका दुई डाक्टरको नाममा आफ्नै सन्तानको नामसंग जोडेर राखेको जानकारी दिएकी छन् । अस्पतालबाट डिस्चार्ज भएपछि नै केरी साइमन्ड्सलाई पुत्रलाभ भएको संयोग थियो ।
आफ्नो स्थिती बिग्रिएको अवस्थामा के गर्ने भनेर डाक्टरहरुले त्यसको पनि प्रबन्ध मिलाएको बोरिसले जानकारी दिएका छन् । ‘केही दिनभित्रै मेरो स्थिती अत्यधिक खराब भएको थियो, मेरा लागि यो कुरा विश्वास गर्न मुश्किल थियो ।’ डाक्टरहरुले आफ्नो अत्यधिक हेरविचार गरेका कारण आफू निको भएको प्रधानमन्त्री जोनसनको ठम्याइँ छ ।
प्रधानमन्त्रीको स्थिती कतिसम्मको नाजुक भएको थियो भन्ने कुरा उनको अभिव्यक्तिबाटै प्रष्ट भएको विविसीले उल्यख गरेको थियो । दुई डाक्टरले एक बयान जारी गरेर प्रधानमन्त्री र उनकी पार्टनरलाई शुभकामना सहित धन्यवाद पनि दिएका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैतडी, ९ जेठ । बैतडी जिल्लाको खलङ्गा क्षेत्रलाई केन्द्रबिन्दु बनाएर शुक्रबार बिहान दुईपटक भूकम्पको धक्का महसुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार पहिलो भूकम्प बिहान...
काठमाडौँ, ९ जेठ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले समाजमा अहिले व्याप्त रहेको नकारात्मक सोच र विचारले समाज र देश नबन्ने बताएकी छिन् । नेपाली जनसम्पर्क समिति जापानद्वारा टोकियोमा...
भक्तपुर, जेष्ठ । सूर्यविनायक नगरपालिका वडा नं ७ मा पुष्पखेती प्रवर्द्धन कार्यक्रम अन्तर्गत सयपत्री फूलको बेर्ना वितरण कार्यक्रम सम्पन्न भएको छ। आ.व. २०८१/०८२ मा स्वीकृत योजनाअन्तर्गत सञ्चालन भएको कार्यक्रम...
भक्तपुर, ८ जेष्ठ । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले भक्तपुर नगरपालिकाद्वारा निर्माणाधीन अरनिको सभाभवन, थन्थु दरबार, र हाडा छेँ पुनःनिर्माण स्थलहरूको स्थलगत निरीक्षण...