भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

चिनीकाे मूल्य बढ्याे, व्यापारी पिच्छे फरक फरक मूल्य

चिनीकाे मूल्य बढ्याे, व्यापारी पिच्छे फरक फरक मूल्य

काठमाडौं । नेपाल खुद्रा व्यापार संघले नेपाली बजारमा चिनीको मूल्य प्रतिकिलो १०५ रुपैयाँ पुगेको जनाएको छ । व्यापार संघले आज (आइतबार)देखि चिनीको मूल्यमा प्रतिकिलो १० रुपैयाँले बढेर १०५ रुपैयाँ पुगेको जनाएको हो ।

यसअघि नेपाली बजारमा प्रतिकिलो ९५ रुपैयाँ रहेको चिनीअहिले बढेर १०५ रुपैयाँ पुगेको व्यापार संघका महासचिव अमुलकाजी तुलाधरले जानकारी दिए । उनका अनुसार चिनीको निर्यातमा भारतले प्रतिबन्ध लगाउँदा नेपाल प्रभावित बनेको हो । उनले भने, ‘नेपालको उत्पादनले नेपाली बजार नै धान्दैन् । चिनीको मागलाई धान्न भारतबाट ल्याउनु नै पर्छ । भारतले निर्यात रोकेको थाहा पाएर व्यापारीहरुले चिनी लुकाएका छन् ।’

महासचिव तुलाधरले व्यापार संघले चिनीको आधिकारिक मूल्य १०५ रुपैयाँ तोके पनि थोक व्यापारीहरुले पसल पिच्छे फरक–फरक मूल्य कायम गरेको बताए । थोक व्यापारीले बजारमा चिनीको खुद्रा मूल्य प्रतिकिलो १०५ रुपैयाँदेखि ११० रुपैयाँसम्म कायम भएको छ ।

 

 


Thali Mobile Pvt.Ltd.