भर्खरै : Sorry, your browser does not support inline SVG.
रसुवा जाने वैकल्पिक सडक स्तरोन्नतिमा मुख्यमन्त्री थापा आफैँ मैदानमा | भोटेकोशी बाढीको कहर : मृतक संख्या ९०३ पुग्यो, ४ हजारभन्दा बढी अझै सम्पर्कविहीन | चितवनमा पहिचान नखुलेका १०३ शव व्यवस्थापन, डीएनएबाट पहिचान खुले झिक्न सकिने | रसुवा–नुवाकोटका २६ स्थानमा राहत केन्द्र, ३ हजारभन्दा बढी प्रभावितलाई आश्रय | जेलबाट मादुरोको सन्देश : ‘हामी दृढ छौँ, भेनेजुएला पुनः उठ्नेछ’ | युद्ध र आर्थिक संकटको दोहोरो मारमा इरान, जनजीवन दिनप्रतिदिन कष्टकर | कृष्णभीरमा सडक अवरुद्ध भए पनि काठमाडौंमा अत्यावश्यक वस्तुको अभाव नहुने | जलविद्युत आयोजनाका सुरुङमा फसेकाको उद्धार जारी, पाँच सयभन्दा बढी सुरुङभित्र रहेको अनुमान |

चिनीकाे मूल्य बढ्याे, व्यापारी पिच्छे फरक फरक मूल्य

चिनीकाे मूल्य बढ्याे, व्यापारी पिच्छे फरक फरक मूल्य

काठमाडौं । नेपाल खुद्रा व्यापार संघले नेपाली बजारमा चिनीको मूल्य प्रतिकिलो १०५ रुपैयाँ पुगेको जनाएको छ । व्यापार संघले आज (आइतबार)देखि चिनीको मूल्यमा प्रतिकिलो १० रुपैयाँले बढेर १०५ रुपैयाँ पुगेको जनाएको हो ।

यसअघि नेपाली बजारमा प्रतिकिलो ९५ रुपैयाँ रहेको चिनीअहिले बढेर १०५ रुपैयाँ पुगेको व्यापार संघका महासचिव अमुलकाजी तुलाधरले जानकारी दिए । उनका अनुसार चिनीको निर्यातमा भारतले प्रतिबन्ध लगाउँदा नेपाल प्रभावित बनेको हो । उनले भने, ‘नेपालको उत्पादनले नेपाली बजार नै धान्दैन् । चिनीको मागलाई धान्न भारतबाट ल्याउनु नै पर्छ । भारतले निर्यात रोकेको थाहा पाएर व्यापारीहरुले चिनी लुकाएका छन् ।’

महासचिव तुलाधरले व्यापार संघले चिनीको आधिकारिक मूल्य १०५ रुपैयाँ तोके पनि थोक व्यापारीहरुले पसल पिच्छे फरक–फरक मूल्य कायम गरेको बताए । थोक व्यापारीले बजारमा चिनीको खुद्रा मूल्य प्रतिकिलो १०५ रुपैयाँदेखि ११० रुपैयाँसम्म कायम भएको छ ।

 

 


Thali Mobile Pvt.Ltd.