काठमाडौं । नेपालमा एकजना कोरोना संक्रमित भेटिएपछि चीनले सम्भावित जोखिमसँग जुध्न नेपाललाई सहयोग सामाग्रीसहित चिनियाँ विमान नेपाल पठाउन लागेको छ ।
(कोभिड १९) को संक्रमण नियन्त्रण गर्न चीन सरकारले नेपाल सरकारलाई आवश्यक स्वास्थ्य सामग्री सहयोग गर्ने जानकारी दिएको थियो । चीनको ग्वान्जाउबाट सहायता सामग्री बोकेको विमान काठमाडौं आउन लागेको छ ।
नेपाल सरकारले कोरोना भाइरसविरुद्ध पर्याप्त औषधि उपकरण नभएको जानकारी दिएपछि चीन सरकारले उक्त सामग्रीसहितको विमान काठमाडौं पठाउन लागेको जनाएको छ ।
चिनियाँ राजदूत होउ यान्कीले नेपाल एक्लै नरहेको बताउँदै चीन सदैव नेपालको साथमा रहेको उल्लेख गर्दै आवश्यक सहयोग सामाग्री पठाउने तयारी भइरहेको बताएकी थिइन् । चीनको राष्ट्रिय ध्वजावाहक चाइना साउदर्न एयरलाइन्स उक्त सामान बोकेर नेपाल आउन लागेको जनाईएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
खोटाङ । मैयुङ ट्याम्के साल्पा सिलिचुङ पर्यटन प्रवद्र्धन केन्द्रले ‘ग्रेटर मुन्दुम ट्रेल’को विकास गरेको छ । पूर्वी तराईको खुवालुङदेखि पहाडैपहाड हुँदै विश्वको सर्वोच्च शिखर सगरमाथा (चोमोलुङ्मा) सम्म सहज रुपमा...
काठमाडौँ, १ जेठ । सशस्त्र प्रहरी बल (एपीएफ) नेपालले मनसुनजन्य सम्भावित विपद् न्यूनीकरण तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन देशव्यापी पूर्वतयारी सुरु गरेको छ। विपद् व्यवस्थापनमा सक्रिय भूमिका निर्वाह गर्दै...
काठमाडौं, १ जेठ । संघीय संसदको प्रतिनिधिसभा बैठक आज बिहीबार बिहान ११ बजे नयाँबानेश्वरस्थित संसद भवनमा बस्दैछ। यो बैठकमा आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट र नीतिगत प्राथमिकतामाथि छलफल...
भक्तपुर, ३१ वैशाख। भक्तपुरको सूर्यविनायक नगरपालिका–१, सिरुटारका चन्द्रहरि कायस्थ विगत २५ वर्षदेखि आत्मसाक्षात्कार र आध्यात्मिक जागरणको अभियानमा समर्पित छन्। ‘श्रीहरि’ नामबाट चिनिने कायस्थले ‘श्रीहरि सेल्फ रियलाइजेसनल फाउन्डेशन’ स्थापना गरी...