काठमाडौं । भारतमा कोरोना भाइरस सङ्क्रमणको प्रभाव निरन्तर बढेर सङ्क्रमितको सङ्ख्या ४५० नाघेपछि सम्पूर्ण ध्यान कोरोना नियन्त्रणमा गर्दै कफ्र्यू आदेश जारिगरेको छ ।
सोमबार मध्यरातदेखि अर्को आदेश नभएसम्म कर्फ्यू आदेश जारी गरिएको भारतीय संचारमाध्यमले जनाएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्विट मार्फत् राज्य सरकारहरूलाई यो अवधिमा यसका सबै नियमहरूको पूर्णपालना गर्न आदेश दिएका थिए ।
धेरै मानिसले लकडाउनलाई गम्भीर रूपमा नलिएको भन्दै केन्द्र सरकारले त्यस्ता मानिसहरूलाई कानुनी कारबाहीको दायरामा ल्याउन राज्य सरकारहरूलाई मोदीले निर्देशन दिए।
केन्द्र सरकारका अनुसार ३० राज्य वा केन्द्र शासित क्षेत्रहरूमा पूर्ण लकडाउनको अवस्था छ । मानव आवागमनमा कडा नियन्त्रण सुरु गरिएको छ । भारतमा यात्रुवाहक आन्तरिक उडानहरू पनि बन्द गरिँएका छन्।
