छुटेकालाइ लिन फ्रान्सबाट प्लेन आउँदै

छुटेकालाइ लिन फ्रान्सबाट प्लेन आउँदै image

काठमाडौं । लकडाउनले नेपालका विभिन्न स्थानमा फसेका पर्यटकको उद्दार गरिएको नेपाल पर्यटन बोर्डले बताएको छ ।

देशका विभिन्न ठाँउमा रहेका पर्यटकलाई काठमाडौ ल्याउन लागिएको भन्दै बोर्डका निर्देशक लिला बानियाँले फ्रेन्च, जर्मन तथा अन्य यूरोपेली मुलुकका नागरिकलाई काठमाडौं ल्याउने बताए ।

फ्रान्स सरकारले नेपालमा रहेका आफ्ना नागरिकलाई लैजान फ्रान्सबाट चार्टर्ड प्लेन नेपाल पठाउने तयारी गरेको भन्दै बानियाँले फ्रेन्च दूतावासकै पहलमा देशका विभिन्न स्थानमा रहेका फ्रान्सेली नागरिकलाई काठमाडौं ल्याउन लागिएको बताए ।

सम्बन्धित मुलुकले आफ्नो व्यवस्था गरी स्वदेश नर्फकाएसम्म उद्दार गरिएका पर्यटक काठमाडौंका विभिन्न होटेलमा बस्ने व्यवस्था मिलाउने उनको भनाई छ । नेपालमा कति पर्यटक छन् तिनको विस्तृत तथ्यांक आइसकेको छैन ।

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्

Prem Durbar Hotel and Nagarkot Zipline ResorthotelghyampedandaHotel City Gaon