भर्खरै : Sorry, your browser does not support inline SVG.
बुद्धनगरमा आत्मदाह प्रयास गरेका अश्विन राउतको निधन, उपचारकै क्रममा ज्यान गयो | स्याउ निर्यात गर्दा स्थानीय तहको सिफारिस अनिवार्य | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह | बागमतीको बाढीले कीर्तिपुरको होल्डिङ सेन्टर डुबायो, ५४ सुकुम्बासीको उद्धार | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, ५५ प्रतिशत शरीर जलेको अवस्था | सम्पत्ति छानबिन आयोगको काम रोक्न सर्वोच्चको अन्तरिम आदेश, मुद्दा पूर्ण इजलासमा | गणेश नेपाली मृत्यु प्रकरण : डीआईजी गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन | मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित |

कोरोना भाइरस र हाम्रो देश

कोरोना भाइरस र हाम्रो देश

विश्वभरी माहामारीको रुपमा फैलिएको रोगको नाम कोरोना भाइरस हो । यो रोग शुरुमा चीनको वुहानमा देखा परेको थियो। यो रोग लागेमा १०२ डिग्री भन्दा माथि ज्वरो आउने, रुघाखोकी ‌लाग्ने, टाउको दुख्ने, श्वास्प्रश्वासमा समस्या हुने लक्षण देखा पर्दछन् ।

kalamमाहामारीको रुपमा फैलिएको यो रोगलाई विश्वका शक्तिशाली राष्ट्रले पनि नियन्त्रणमा लिन सकेका छैनन् । चीनमा यो रोगबाट ३ हजा ३ सय जनाले ज्यान गुमाए । सबै भन्दा बढी माहामारीको प्रभाव ईटलीमा परेको छ । इटलीमा ७ हजार मानिसले ज्यान गुमाएका छन् । अमेरिकामा यसको प्रभाव झन बढ्दै गएको छ । फ्रान्स, इरान, इराक, भारत, पाकिस्तान र‌ नेपाल पनि यसबाट प्रभावित भएका छन् ।

भर्खरै नेपाल सरकारले देश लकडाउन गरेको छ । नागरिकलाई सचेत बनाउनु र रोगको संक्रमण हुनबाट रोक्नु लकडाउनको उद्देश्य देखिन्छ । नेपालमा अहिले कोरोना भाइरस बारे गाउँ, शहर, प्रत्येक टोल टोल र घरपरिवारमा चर्चा भैरहेको देखिन्छ ‌। कोरोनासंगै लकडाउन र क्वारेन्टाइनबारे जनतामा निकै चर्चा भएको छ ।

‘लकडाउन र क्वारेन्टाइन भनेको के हो ? जनताले बुझेका छैनन् । सबैले जनतालाई बुझाउने अभियान सञ्चालन गर्नुपर्छ ‌। स्वास्थ्यकर्मीलाई परिचालन गर्नुपर्छ । अस्पतालमा निःशुल्क उपचारको घोषणा गर्नुपर्छ । रोजगारीको क्रममा विदेश गएका युवायुवतीलाई आफ्नो गाउँ र जिल्ला सम्म पुग्ने सहज वातावरण मिलाउनु पर्छ ।’

कोरोनाको जनतामा एक प्रकारको आतंक पैदा भएको छ । जनतालाई मानसिकरुपमा आतंकित नहुने वातावरण बनाउनुपर्छ । माहामारीबाट आफु बाँच्न र अरुलाई बचाउन सम्पुर्ण नेपाली सचेत हुुनु बाहेक अर्को विकल्प छैन । देशको स्रोत साधन दोहन गर्ने दलाल पुँजीपति वर्ग यतिबेला आफ्नो सुरक्षामा केन्द्रित भएको छ । जनतालाई संकट परेको बेलामा कालोबजारी र महंगीबाट फाईदा लिने दाउमा पुजिपति वर्ग लागेको छ ।

‘दलाल पूँजीवादका कारण आज देश नै संकटमा परेको छ । राज्यले दलालहरुको हितमा काम गरेको छ । देश र जनताको पक्षमा काम गर्ने नेता र कार्यकर्तालाई राजनीतिक पुर्वाग्रहको आधारमा गिरफ्तार गरिरहेको छ । राजबन्दी कमरेडहरुको रिहाई र गिरफ्तारी बन्द गरी सिंगो देश एकजुट भएर कोरोना भाइरसविरुद्ध लड्न जरुरी छ ।’

कोरोना माहामारी रोगसँग लड्न सबैले आफनो ठाउँबाट योगदान पुर्याउन जरुरी छ । माहामारी फैलिहाल्यो भने नियन्त्रण गर्न सक्ने ताकत यो व्यवस्था र शासकसँग छैन। हाम्रो देशमा जनताले सिटामोल नपाएर ज्यान गुमाउने अवस्था छ भने कोरोना जस्तो माहामारीबाट जनतालाई बचाउन सक्छन भन्ने आश पनि मरेको छ ।

सबै एकजुट भएर, सचेत भएपछि मात्र हामी माहामारीबाट जोगिन सक्छौं । खेतमा काम गर्ने किसान र कारखानामा काम गर्ने मजदुर अनि नदि किनारमा गिट्टी कुट्ने महिला र बालबालिकाको अवस्थाबारे ध्यान दिनु सबैको कर्तव्य हुन्छ । लकडाउनले समस्या होईन, समाधान दिनुपर्छ । –दिपेन्द्र (नेकपा दैलेख ईन्चार्ज)

 


Thali Mobile Pvt.Ltd.