१६ बैशाख २०७७ स्पेन । एनआरएनए स्पेनका उपाध्यक्ष तथा ब्यवसायी दिनेश कुमार गिरीले कोरोना राहात कोषमा ३ सय ३ युरो सहयोग गरेका छन् । बार्सिलोनामा लामो समय देखि रेष्टुरेन्ट ब्यवसायी गर्दै आएका गिरीले एनआरएन स्पेनको राहत कोषमा जम्मा गरेका हुन् ।
छोरा आभाष गिरीको जन्मदिनको अवसरमा कोरोना भाइरस र लक डाउन भएकोले जन्मदिनमा लाग्ने खर्च बराबरको रकम सहयोग गरेको समितिले जनाएकाे छ । कोरोना भाईरसले आक्रान्त बनाईरहेको अवस्थामा घरमा बच्चाहरूलाई जम्मा पारेर बर्थडे मनाउनु भन्दा समस्यामा परेका नेपालीहरूलाई आ-आफ्नो तर्फबाट सकेको सहयोग गर्नु मानविय दायित्व सम्झेर छोराकै सल्लाहमा जन्म दिनमा सहयोग गरेकाे गिरीले बताए ।
सामाजिक अभियन्ता समेत रहेका गिरीले यसअघि पनि छोरी आश्रीया गिरीकाे अन्नप्राशनका अवसरमा एनआरएन स्पेनको भवन खरिद समितिलाई १ हजार युरो सहयोग गरेको थिए । मानविय सहयोग गर्नुपर्छ भन्ने अभिभावकको संस्कारलाई निरन्तरता दिएकाे उनकाे भनाइ छ ।
ब्यवसायीहसंग सहकार्य गरेर धुर्मुश-सुन्तली फाउण्डेशनले निर्माण गर्न लागेको गौतम बुद्व क्रिकेट रंगशालालाई १ हजार युरो सहयोग यस अघि नै गरेका थिए । स्पेनमा हुने विभिन्न राजनिति कार्यक्रम देखि सामाजिक गतिविधिमा निरन्तर सहयोग गर्दै आइरहेका गिरी, बार्सिलोनाका एक सफल ब्यवसायी हुन ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौँ, १ असार । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले शनिबार एक भिडियो सन्देशमार्फत अमेरिकी जनतालाई सम्बोधन गर्दै इजरायलको हालको कारबाहीलाई समर्थन गर्न अपिल गरेका छन्। भिडियोको सुरुआतमा उनले पूर्व राष्ट्रपति...
मस्को, ३१ जेठ । रुसले युद्धमा मारिएका १,२०० जना युक्रेनी सैनिकहरूको शव कीएभलाई फिर्ता गरेको छ। यो तीन वर्षभन्दा बढी समयदेखि जारी युद्धपछिको सबैभन्दा ठूलो शव फिर्ता प्रक्रिया मध्ये...
एजेन्सी, ३० जेठ । इजरायलले गरेको आक्रमणमा इरानको रेभोल्युसनरी गार्डका प्रमुख हुसैन सलामीको मृत्यु भएको इरानी अधिकारीहरूले पुष्टि गरेका छन्। केही दिनयता जारी तनावपछि इजरायलले इरानमाथि आक्रमण सुरु गरेको...
काठमाडौँ, २९ जेठ । मध्यपूर्वमा सुरक्षा जोखिम तीव्र बनेसँगै इराकस्थित अमेरिकी दूतावासका कर्मचारीलाई सुरक्षित स्थलतर्फ सार्ने प्रक्रिया अमेरिका सरकारले सुरु गरेको छ। पछिल्लो समय इजरायल र इरानबीच द्वन्द्व चर्किंदै...