भर्खरै : Sorry, your browser does not support inline SVG.

छोराको जन्मदिनमा लाग्ने खर्च एनआरएनए स्पेन उपाध्यक्ष गिरीले गरे राहत कोषमा जम्मा

छोराको जन्मदिनमा लाग्ने खर्च एनआरएनए स्पेन उपाध्यक्ष गिरीले गरे राहत कोषमा जम्मा

१६ बैशाख २०७७ स्पेन । एनआरएनए स्पेनका उपाध्यक्ष तथा ब्यवसायी दिनेश कुमार गिरीले कोरोना राहात कोषमा ३ सय ३ युरो सहयोग गरेका छन् । बार्सिलोनामा लामो समय देखि रेष्टुरेन्ट ब्यवसायी गर्दै आएका गिरीले एनआरएन स्पेनको राहत कोषमा जम्मा गरेका हुन् ।

छोरा आभाष गिरीको जन्मदिनको अवसरमा कोरोना भाइरस र लक डाउन भएकोले जन्मदिनमा लाग्ने खर्च बराबरको रकम सहयोग गरेको समितिले जनाएकाे छ । कोरोना भाईरसले आक्रान्त बनाईरहेको अवस्थामा घरमा बच्चाहरूलाई जम्मा पारेर बर्थडे मनाउनु भन्दा समस्यामा परेका नेपालीहरूलाई आ-आफ्नो तर्फबाट सकेको सहयोग गर्नु मानविय दायित्व सम्झेर छोराकै सल्लाहमा जन्म दिनमा सहयोग गरेकाे गिरीले बताए ।

सामाजिक अभियन्ता समेत रहेका गिरीले यसअघि पनि छोरी आश्रीया गिरीकाे अन्नप्राशनका अवसरमा एनआरएन स्पेनको भवन खरिद समितिलाई १ हजार युरो सहयोग गरेको थिए । मानविय सहयोग गर्नुपर्छ भन्ने अभिभावकको संस्कारलाई निरन्तरता दिएकाे उनकाे भनाइ छ ।

ब्यवसायीहसंग सहकार्य गरेर धुर्मुश-सुन्तली फाउण्डेशनले निर्माण गर्न लागेको गौतम बुद्व क्रिकेट रंगशालालाई १ हजार युरो सहयोग यस अघि नै गरेका थिए । स्पेनमा हुने विभिन्न राजनिति कार्यक्रम देखि सामाजिक गतिविधिमा निरन्तर सहयोग गर्दै आइरहेका गिरी, बार्सिलोनाका एक सफल ब्यवसायी हुन ।

 


Thali Mobile Pvt.Ltd.