भर्खरै : Sorry, your browser does not support inline SVG.
पेट्रोलियम पदार्थ चोरी प्रकरणमा पेट्रोल पम्प सञ्चालकसहित ७ जना पक्राउ | विस्थापित बालबालिकाको शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न सरकारलाई सर्वोच्चको अन्तरिम आदेश | विकसित १६ वटा भाइरसले ‘ईकोलाई’ जस्ता ब्याक्टेरियालाई नष्ट गर्न सफल, मानिसका लागि खतरा नरहेको दाबी | महानगर र उपमहानगर क्षेत्रमा ठूलो रकमको घरजग्गा कारोबार गर्न इजाजतपत्र अनिवार्य | नेपाल औषधि लिमिटेड २५ वर्षपछि नाफामा, ३७ प्रकारका औषधि उत्पादनको तयारी | वर्षा, पहिरो र सडक कटानका कारण देशभरका एक दर्जनभन्दा बढी राजमार्ग तथा सडकखण्ड प्रभावित | सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो खस्दा सशस्त्र प्रहरीको बीओपीमा भौतिक क्षति | ट्रम्प प्रशासनले आयातकर्तालाई करिब १ खर्ब डलर ट्यारिफ फिर्ता गर्‍यो, अदालतले शुल्कलाई अवैध ठहर |

भाइरसको महामारीपछि चीनका विद्यालय खुल्न थाले

भाइरसको महामारीपछि चीनका विद्यालय खुल्न थाले
१६ वैशाख, काठमाडौं । कोरोना भाइरसको महामारीपछि चीनको ठूला शहरमा विद्यालयहरु खुल्न थालेका छन् । विद्यालयहरु खुलेसंगै विद्यार्थीहरु विद्यालय जान थालेका छन् ।
राजधानी बेइजिङमा रहेका विद्यार्थीलाई विश्वविद्यालय प्रवेश परीक्षाको तयारीका लागि स्वीकृति दिएसंगै सांघाइमा रेहेका मिडिल र हाइस्कुलका विद्यार्थी स्कुल जान थालेका छन् । अरु धेरै सहरहरुमा यसअघि नै विद्यालयहरु खुलेका थिए ।

गत वर्षको अन्तमा भाइरस सुरु भएको वुहानमा मे महिनाको ६ तारेखदेखि विद्यालय खुलाउने तयारी गरिदैछ ।

चीनले कोरोना भाइरसको संक्रमण धेरै हदसम्म नियन्त्रणमा आएको बताएको छ । चीनमा गत शुक्रबारदेखि जम्मा २६ जना संक्रमितमात्र थपिएका छन् । चीनमा अहिलेसम्म ८२ हजार ८ सय ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

कोरोनाको इपीसेन्टर वुहान सहरका सबै कोरोना संक्रमित बिरामी अस्पतालबाट उपचार पछि घर फर्कि सकेकाछन् । तर त्यहाँ संक्रमण फेरि फैलिन सक्ने सम्भावना रहेको भन्दै भौतिक दूरी कायम राख्ने उपायहरु कडाइपूर्वक पालना गरिएको छ ।

विद्यालयमा विद्यार्थीलाई मास्क अनिवार्य गरिएको छ भने कक्षाकोठामा बस्न निश्चित दूरी कायम गरिएको छ ।

चीनको हाङझोउमा एक प्राथमिक विद्यालयका हेडमास्टले विद्यार्थीहरुबीच दूरी कायम गराउन सबैलाई ‘एक मिटर ह्याट’ लगाउन अनिवार्य गरेका छन् ।

चीनको शिक्षा मन्त्रालयले बेइजिङमा विद्यार्थीको तापक्रम नापेपछि मात्र विद्यालयको गेटबाट प्रवेश गर्न पाइने व्यवस्था गरेको छ । त्यस्तै विद्यालय जान मोवाइल एपमा उनीहरुको स्वास्थ्य अवस्थाबारे ग्रिन कोड देखाउनुपर्नेछ ।

बेइजिङमा अहिले पनि विदेशबाट आउनेहरुलाई दुई हप्ता क्वारेन्टाइनमा राख्ने गरिएको छ ।

 


Thali Mobile Pvt.Ltd.