२१ बैशाख २०७७ काठमाडाैं । काेराेना भाइरसकाे महामारीले विश्वभरीका मानिस प्रताडित बनेका छन् । कलकारखाना बन्द हुदा कामगरी खाने मानिस झन मर्कामा परेका छन् । सरकारले राहत प्याकेज दिएपनि दुरदराजका ठाँउमा अझै पुग्न सकेकाे छैन् ।
यस्तै अवस्थामा जापानलाइ कर्मभूमि बनाएका नेपाली युवाहरूले नेपालमा राहत दिइरहेका छन् । ती मध्यका एक हुन दैलेख जिल्ला आठबीस नगरपालिका वडा नं ८ निवासी वीरेन्द्र शाही । उनले आर्थिक अवस्था कमजोर भएका नागरिकहरुलाई राहत प्रदान गरेका छन् ।
पाँच वर्षदेखि जापानको टोकियोमा राेजगारी गरिरहेका शाहीले एक लाख ३० हजार बरारको राहत आठबीस नगरपालिकामा पठाएका हुन् । उनले वडा नं ८ का अवस्था कम्जाेर रहेका स्थानीयलाई राहत वितरण गरेका हुन् ।
ढुंगा पुजेर पुण्य कमाउनु भन्दा खान नपाएका मानिसकाे सेवा गर्नु मानवता हुने भएकाले वास्तविक दुःखी गरिवको सेवा गरेर जानु पर्छ भन्ने उदेश्यले मानव सेवा गरेकाे शाहीकाे भनाइ छ । आफुले दिनरात मेहनत गरेर कमाएको केही रकमबाट समाज सेवा गरेको विरेन्द्र शाहीले कैलाश खवरलाई बताए ।
उनले काेराेनाबाट बच्न घरभित्रै बस्न आग्रह गरेका छन् । आफु जापानमा भए पनि आफ्नो मन नेपालकै वनपाखामा दाैडिरहेकाे स्मरण गरेका छन् । शाहीले पठाएको राहत वडा नं ८ का अध्यक्ष मुक्तिप्रसाद उपाध्यायले गाउँमा वितरण गरिदिएका छन् ।
समस्यामा परेकालाइ आफ्नै सम्झेर राहत पठाएकोमा शाहीलाइ स्थानीयले धन्यवाद दिएका छन् ।६५ घर धुरीमा एक एक बोरा चामल, नुन, तेल लगायतका सामग्री वितरण गरिएको स्थानीयले बताएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं, २७ असार । नेपाली नारीहरूको उत्सव तीज नजिकिँदै गर्दा, सांगीतिक र प्रभावशाली कृति ‘मधु’ सार्वजनिक भएकाे छ । गायिका हरिमाया कार्कीको मौलिक सिर्जनामा तयार भएको गीत हरिमाया कार्की...
सुर्खेत, २७ असार । खण्डकाव्यकार कृष्ण प्रसाद जैसी (रुपाखेती) द्वारा लिखित नयाँ खण्डकाव्य ‘श्रद्धाञ्जली’ को विमोचन वीरेन्द्रनगर, सुर्खेतमा सम्पन्न भएको छ। दैलेखी सेवा समाज, सुर्खेतको आयोजनामा भएको उक्त समारोहमा...
काठमाडौँ, २७ असार । नेपाल राष्ट्र बैंकले संशोधित एकीकृत निर्देशनमार्फत लघुवित्त संस्थाहरूलाई स्थिर ब्याजदर (Fixed Interest Rate) पनि प्रकाशित गर्न अनिवार्य गरेको छ। नयाँ व्यवस्थाअनुसार, अब ग्राहकहरूले कर्जा लिँदा...
काठमाडौँ, २७ असार । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन क्षेत्रमा अब खादा, माला तथा संस्थागत चिन्ह झल्किने पोशाक र सामग्री प्रयोगमा प्रतिबन्ध लगाइएको छ। अध्यागमन कार्यालयले सूचना जारी गर्दै सुरक्षाको...