जिम्मेवारीबाट नभाग्न सरकारलाई पूर्व प्रधानमन्त्री नेपालको आग्रह

जिम्मेवारीबाट नभाग्न सरकारलाई पूर्व प्रधानमन्त्री नेपालको आग्रह image

९ बैशाख २०७७ काठमाडौं । सरकारलाई आफ्नो मूल जिम्मेवारीबाट भाग्‍न नहुने तर्क नेकपाका बरिष्ठ नेता माधब कुमार नेपालले सुझाव दिएका छन् । हाल विकसित कतिपय घटनाक्रमले पार्टीभित्र अनेकौं आशंका र चिन्ता उत्पन्‍न भएको भन्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका उनले यस्तो अवस्थामा सरकार जिम्मेवारीका साथ अघि बढ्नु पर्ने बताएका छन् ।

सरकारले हतार हतार दुई अध्यादेश जारी गरेपछि उत्पन्‍न परिस्थितिबारे आफ्नो धारणा सार्वजनिक गर्दै नेपालले राजनीतिक दल विभाजनसम्बन्धी र संवैधानिक आयोग गठनसम्बन्धी दुई विधेयकबारे सोमबार नेकपा सचिवालयमा भएको छलफलका बारेमा एक वक्तव्य समेत जारी गरेका छन् ।

नेता नेपालले अहिलेको विषम परिस्थितिमा सरकार पार्टीले आफ्नो जिम्मेवारीबाट भागेर अन्यत्र ध्यान मोड्ने कोशिशमा नलाग्न पनि अपिल गरेका छन् । महामारीले विश्‍वसहित नेपाललाई आक्रान्त पारिरहेको बेला सरकार तथा सरकारको नेतृत्व गरिरहेको पार्टीका हैसियतले सिंगो राष्ट्र, पार्टीसहित अन्य दलका नेता, कार्यकर्ता र जनताको ध्यान महामारीको संक्रमणविरुद्ध लड्ने काममा केन्द्रित गर्न आग्रह गरेका छन् ।

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्

  • हावाहुरीका कारण झापामा एक जनाको ज्यान गयो image

    हावाहुरीका कारण झापामा एक जनाको ज्यान गयो

    झापा, १५ बैशाख । झापाको हल्दीबारी गाउँपालिका-५ त्रिवेणी चोकमा गएको राति आएको हावाहुरीले टिनको छाना भएको घर भत्किँदा ६५ वर्षीय मानबहादुर मगरको ज्यान गएको छ। जिल्ला प्रहरी कार्यालय झापाका...

  • मुस्ताङको ठिनी खोलामा धमाधम मोटरेबल पुल बन्दै image

    मुस्ताङको ठिनी खोलामा धमाधम मोटरेबल पुल बन्दै

    मुस्ताङ । मुस्ताङको घरपझोङ गाउँपालिका थाकका पाँच गाउँ जोड्ने रिङरोडको ठिनी खोलामा धमाधम मोटरेबल पुल निर्माण भइरहेको छ । गण्डकी प्रदेश भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयअन्तर्गतको पूर्वाधार विकास...

  • किरियापुत्री भवन निर्माणका लागि गठ्ठाघरमा श्रीमद्भागवत महायज्ञ हुने image

    किरियापुत्री भवन निर्माणका लागि गठ्ठाघरमा श्रीमद्भागवत महायज्ञ हुने

    भक्तपुर, १ जेठ । भक्तपुरको गठ्ठाघरमा अधुरो रहेको किरियापुत्री भवन निर्माण सम्पन्न गर्न आगामी जेठ ४ गतेदेखि श्रीमद्भागवत महायज्ञ हुने भएको छ। सनातन पितृमुक्ति समाज गठ्ठाघरको आयोजनामा हुने महायज्ञबाट...

  • ज्यामरुककोट क्षेत्रका कुवा र पँधेरा नासिए image

    ज्यामरुककोट क्षेत्रका कुवा र पँधेरा नासिए

    म्याग्दी, १ जेठ । विगत तीन दशकयता यहाँको ऐतिहासिकस्थल ज्यामरुककोट क्षेत्रका दुई दर्जनभन्दा बढी कुवा र पँधेराहरु नासिएका छन् । तत्कालीन पर्वत राज्यअन्तर्गतको शक्तिशाली ज्यामरुककोटमा १७औँ शताब्दीमा ज्यामरुके राजा...


hotelghyampedanda



Thali Mobile Pvt.Ltd.