इरान । सर्वोच्च नेता अलि खामेनीले आफ्नो मुलुकले कोभिड–१९ विरूद्धको लडाईँमा अमेरिकासँग कुनै पनि सहयोग स्वीकार नगर्ने बताएका छन् ।
आइतबार इरानमा थप १ सय २९ जनाको मृत्यु भएसंगैइरानी नेताले चाहेमा अमेरिकाले कोभिड–१९ विरूद्धको लडाईँमा सहयोग गर्नसक्ने बताएका थिए । त्यसको जवाफमा सर्वोच्च नेता खामेनीले कुनै पनि सहयोग नलिने बताए ।
अमेरिकालाई कसैले विश्वास नगर्ने भन्दै खामेनीले सहयोगको नाममा ल्याउने औषधी इरानको नागरिकको पक्षमा हुनेमा बताएका छन् । इरानमा कोभिड–१९ का कारण अहिलेसम्म एक हजार ६ सय ८५ जनाको मृत्यु भैसकेको छ भने २१ हजार ६ सय ३८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।
इरानले अमेरिकी सहयोगलाई अस्वीकार गर्ने दोहोराउँदै खामेनीले वासिङ्टनलाई इरानविरोधी शत्रुको आरोप लगाएका छन् । इस्लामिक गणतन्त्रमा भाइरस निर्मूलका नाममा उल्टै फैलाउन सक्ने भन्दै अमेरिकालाई आफ्नो सबैभन्दा ठूलो शत्रुका रूपमा लिएको बताएका छन् । एजेन्सी
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
एजेन्सी । भारतको जम्मू–कश्मीरस्थित भारत–पाकिस्तान नियन्त्रण रेखा (एलओसी) वरपर पुनः गोलीबारीको घटना भएको छ। बीबीसी हिन्दीले भारतीय सेनालाई उद्धृत गर्दै जनाएअनुसार, केही क्षेत्रमा चरमपन्थी समूहहरूसँग मुठभेड भइरहेको जनाइएको छ।...
इस्लामाबाद । जम्मू कश्मीरको पहलगाममा भएको आतंकवादी हमलापछि भारतले पाकिस्तानविरुद्ध कडा कदम चालेको छ। यसको जवाफमा पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरीफले बिहीबार बिहान राष्ट्रिय सुरक्षा समितिको आपतकालीन बैठक बोलाएका छन्।...
एजेन्सी । जम्मू–कश्मीरको शान्त पहाडी क्षेत्र पहलगाम एकाएक रगताम्य भयो, जब पर्यटकले भरिएको एउटा क्षेत्र भीषण आतङ्कवादी हमलाको चपेटामा पर्यो। आक्रमण यति भयानक थियो कि २२ जना भारतीय पर्यटक,...
एजेन्सी । पहिलो पटक युक्रेनी समकक्षी भोलोदिमिर जेलेन्स्कीसँग द्विपक्षीय वार्ता गर्न तयार रहेको रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सङ्केत गरेका छन् । रुसले कुनै पनि शान्ति पहललाई सधैँ सकारात्मक रूपमा...