भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

शिवकुमारको अन्तिम रिर्पोट नेगेटिभ आएपछि कोरोना सङ्क्रमण नभएको पुष्टि

शिवकुमारको अन्तिम रिर्पोट नेगेटिभ आएपछि कोरोना सङ्क्रमण नभएको पुष्टि

पर्सा । वीरगञ्जका शिवकुमार रुङ्गटालाई कोरोना भाइरसको सङ्क्रमण नभएको पुष्टि भएको छ । भारतको पटना उपचार गराइरहेका शिवकुमारको रिपोर्ट नेगेटिभ भएको अस्पतालले पुष्टि गरेको हो ।

उनका भाइ सुरेश रुङ्गटाले पनि पटनामा भएको परीक्षणमा कोभिड १९ नेगेटिभ देखिएको जानकारी दिए । आइतबार दिउँसो उहाँमा कोभिड १९ को सङ्क्रमण देखा परेको भन्ने समाचार सार्वजनिक भएपछि वीरगञ्जको जनजीवन एकाएक त्रसित भएको थियो ।

रुङ्गटा आफन्तको विवाहमा भाग लिन केही दिन अगाडि भारतको कोलकाता गएका थिए। कोलकाताबाट दिल्ली हुँदै एक हप्ता अगाडि वीरगञ्ज आएका रुङ्गटालाई ६ दिनपछि ज्वरो आएको थियो । त्यही ज्वरोको उपचारका पटना गराएका रुङ्गटालाई अस्पतालले नै सुरुमा ५० प्रतिशत कोरोना सङ्क्रमण भएको तर अन्तिम रिपोर्ट आएपछि मात्र केही भन्न सकिने भन्दै आशङ्का गरेको परिवारका सदस्यले जनाएका थिए ।

अस्पताले अन्तिम रिपोर्ट नेगेटिभ आएको बताए पछि अहिले परिवारले राहत महसुस गरेको उनका भाइले बताएका छन् ।

 


Thali Mobile Pvt.Ltd.