DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

डब्ल्युएचओले बोलायो आकस्मिक बैठक

डब्ल्युएचओले बोलायो आकस्मिक बैठक image

१८ बैशाख २०७७ एजेन्सी । विश्व स्वास्थ्य संगठनले आकस्मिक बैठक बोलाएको छ । बिहीबार बस्ने बैठकमा विश्वमा कोविड १९ का कारणले उत्पन्न गरेको परिस्थितिका बारेमा छलफल गरिने संगठनका महानिर्देशक टेड्रोस अधानोम घेब्रेयससले जानकारी दिएका छन् ।

तीन महिना अघिमात्रै आकस्मिक बैठक बसेर कोरोना भाइरसको प्रकोपलाई महामारीका रुपमा लिएको डब्ल्यु एचओले बिहीबार बस्ने बैठकमा भाइरसबाट उत्पन्न परिस्थितीका बारेमा ‘भर्चुअल ब्रिफिङ’ हुने जनाइएको छ ।

कोविड १९ को केही औषधिका बारेमा पनि कुराकानी हुने बताइएको छ । गत मार्च ११ मा विश्व स्वास्थ्य संगठनले विश्वव्यापी महामारीका रुपमा व्याख्या गरेसंगै विश्वमा महामारी संकट रोकथामका मापदण्डहरु अपनाइएका थिए ।

हाल यस महामारीबाट विश्वभरमा ३२ लाख भन्दा बढी संक्रमित रहेका छन् भने २ लाख २८ हजार भन्दा बढीको ज्यान गएको छ ।

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्

Jilla Swasthey Karyalaya


hotelghyampedanda



Thali Mobile Pvt.Ltd.