भर्खरै : Sorry, your browser does not support inline SVG.
पूर्वी चीनको जियाङ्सीमा पहिरो : एकको मृत्यु, ११ जना बेपत्ता | अमेरिकाद्वारा आफ्ना नागरिकलाई रसुवाका केही क्षेत्रमा यात्रा नगर्न आग्रह | भारतबाट अवैध रूपमा ल्याइँदै गरेको दुई करोड ४० लाखको एप्पल एयरपोड्स बरामद | पहिरोले बडीमालिका–९ का आधा दर्जनभन्दा बढी घरमा क्षति, दुई गोरु मरे | मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व सङ्कलन | भोटेकोशी बाढी : १ हजार ३४१ शव फेला, ४ हजार ९९६ जना अझै सम्पर्कविहीन | गुणस्तरहीन रङ बिक्री गरेको ठहर, बर्जर पेन्ट्सलाई १२ लाखभन्दा बढी क्षतिपूर्ति भराउन आदेश | कृष्णभीरमा खोलिएको अस्थायी ट्र्याक फराकिलो बनाइँदै, भदौ मसान्तसम्म गाडी चलाउने लक्ष्य |

मलाई दोस्रो पटक राष्ट्रिपति बन्न नदिन चीन अनेक चाल चल्दै छ : ट्रम्प

मलाई दोस्रो पटक राष्ट्रिपति बन्न नदिन चीन अनेक चाल चल्दै छ : ट्रम्प

१८ बैशाख २०७७ काठमाण्डौ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनमाथि गम्भिर आरोप लगाएका छन् ।

रोयटर्ससंग कुराकानी गर्दै ट्रम्पले चीनले आफुलाई दोस्रो पटक राष्ट्रपति हुन नदिन अनेक चाल चलिरहेको बताए । चीनले कोरोना भाइरसको महामारीलाई अबलम्वन गरेको प्रक्रिया नै प्रमाण भएको भन्दै ट्रम्पले आउँदो नोभेम्बरमा हुने राष्ट्रपतीय चुनावमा चीनले आफूलाई रोक्न जे पनि गर्न सक्ने आरोप लगाए ।

कोरोना भाइरस चीनले बनाएको हो भन्दै ट्रम्पले लगातार आरोप लगाउँदै आइरहेका छन् । अमेरिकामा कोरोना भाइरसको कारण मानवक्षेती धेरै भएको छ ।

अर्थव्यवस्था पनि नराम्रोसँग प्रभावित भएको छ । कोरोना भाइरसबाट अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । तर ट्रम्पले यसलाई गम्भीर रुपमा नलिएको भन्दै आलोचना पनि भएको छ ।

 


Thali Mobile Pvt.Ltd.