भर्खरै : Sorry, your browser does not support inline SVG.
बुढीगण्डकीको बाढीले बस्ती र पुल बगायो, तटीय क्षेत्रमा सतर्कता | भक्तपुरमा नेपाली मौलिक वास्तुकलाको प्रदर्शनी, १८५ सम्पदा पुनर्निर्माण गरिएको जानकारी | मुख्यमन्त्री किरण थापासहित विभिन्न व्यक्तिहरूलाइ क्रियाशील पत्रकार मञ्च, भक्तपुरद्वारा सम्मानपत्र प्रदान | स्वास्थ्य सचिव डा. सुमित्रा गौतमलाई क्रियाशील पत्रकार मञ्च भक्तपुरको सम्मान | नोबेल शान्ति पुरस्कार घोषणापछि आईसीसीमाथि अमेरिकी प्रतिबन्ध | नेपालमा आप्रवासी चराको वासस्थान सङ्कटमा, ४५ प्रतिशतको सङ्ख्या घट्दो | बीपी राजमार्ग दुईतर्फी खुल्यो, लेदो र गेग्रान हटाइएपछि यातायात सहज | राष्ट्रिय परिचयपत्र नभएकै कारण बैंकिङ सेवा रोक्न नपाइने, सर्वोच्चको आदेश |

थप २० जनामा संक्रमण देखिएसंगै संक्रमित संख्या ५०७ पुग्यो (VIDEO)

थप २० जनामा संक्रमण देखिएसंगै संक्रमित संख्या ५०७ पुग्यो (VIDEO)

९ जेठ २०७७ काठमाडौ । नेपालमा थप २० जनामा कोरोना भाइरसका संक्रमित थपिएसंगै संक्रमित हुनेको संख्या ५ सय ७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित प्रेस ब्रिफिङमा जानकारी दिदै पछिल्लो पटक संक्रमित हुनेहरूमा कैलाली, बैतडी, बाँके र मोरङका गरी २० जना छन् ।

संक्रमणका कारण नेपालमा ३ जनाको मृत्यु भइसकेको छ भने ७० जना स्वस्थ भएर घर फर्किएका छन्। डडेल्‍धुराको पराशुराम १० का २८ वर्षीय पुरुष र बैतडीको शिवनाथ १ का २२ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो। कैलालीमा पनि तीनजनामा संक्रमण पुष्टि भएको छ ।

जानकी गाउँपालिका सरस्वती माविको क्वारेन्टाइनमा रहेका १९, २३ र २६ वर्षका पुरुषमा संक्रमण पुष्टि भएको हो । बाँकेमा समेत १४ जना संक्रमित थपिएका छन्। उनीहरू १८ देखि ६१ वर्ष उमेरका पुरुषहरु रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले बताए ।
भिडियो हेर्नुहोस्…

https://www.facebook.com/Kailashkhabarnews/videos/3255042047860798/

 


Thali Mobile Pvt.Ltd.