भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

दक्षिण चीन सागरको महाद्विपीय क्षेत्र आफ्नो रहेको फिलिपिन्सको दाबी

दक्षिण चीन सागरको महाद्विपीय क्षेत्र आफ्नो रहेको फिलिपिन्सको दाबी

फिलिपिन्सले औपचारिक रूपमा दक्षिण चीन सागरको विस्तृत महाद्विपीय क्षेत्रमा आफ्नो दाबी गरेको छ। फिलिपिन्सले दक्षिण चीन सागरको महाद्विपीय क्षेत्र आफ्नो रहेको भन्दै संयुक्त राष्ट्र सङ्घमा औपचारिक रूपमा दर्ता गरेको फिलिपिन्सको विदेश मन्त्रालयले जनाएको छ ।

यो क्षेत्रमा विशेष अधिकार सुरक्षित गरेर त्यहाँका प्राकृतिक स्रोतहरूको दोहन गर्ने उद्देश्यले फिलिपिन्स अघि बढेको बताइएको छ । यस क्षेत्रमा फिलिपिन्स र चीनबीचको विवाद निरन्तर बढ्दै गएको अन्तर्राष्ट्रिय समाचार संस्था अलजजिराले जनाएको छ । चीनले दक्षिण चीन सागरको अधिकांश भूभागमा आफ्नो दाबी गर्दै आएको छ ।

पछिल्लो समय चीनले आफ्नो तटरक्षक बलहरूलाई यो क्षेत्रमा शंकास्पद रुपमा भेटिएका जोकोही विदेशीलाई बिना कुनै परीक्षण ६० दिनसम्म हिरासतमा राख्ने अधिकार दिएको छ । चीनले दक्षिण चीन सागरका धेरै चट्टानहरूलाई सैन्य प्रयोगका लागि कृत्रिम टापुमा परिणत गरेको छ । एजेन्सी

 

 


Thali Mobile Pvt.Ltd.