भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढीपीडितको राहत र पुनर्स्थापनामा एकजुट हुन राष्ट्रपति पौडेलको आह्वान | त्रिशूली–१ को सुरुङमा फेरि भेटिए ११ शव, खोजी कार्य जारी | संविधानका अधिकार नागरिकले महसुस गर्ने गरी कार्यान्वयन गर्नुपर्छ : मुख्यमन्त्री थापा | संविधान कार्यान्वयनमा सरकार इमानदार भएर अघि बढ्छ : प्रधानमन्त्री बालेन | भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने | संविधानको ११ वर्षमा सीमान्तकृत समुदायको पहुँच बढ्यो, शिक्षा र रोजगारीमा अझै चुनौती |

मध्य र पश्चिम तराईमा अझै चार दिन अत्यधिक गर्मीको सम्भावना

मध्य र पश्चिम तराईमा अझै चार दिन अत्यधिक गर्मीको सम्भावना

भक्तपुर । मध्य र पश्चिम तराईका भूभागमा आउँदा केही दिन ‘अत्यधिक’ गर्मीको सम्भावना रहेको छ । सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भूभागका कतिपय स्थानमा केही दिनदेखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा त्योभन्दा बढी मापन गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

ती भूभागमा अबका चार दिन (असार ३ देखि ६ गते)सम्म तातो हावा तथा तातो लहरको सम्भावना रहेको महाशाखाले आइतबार जारी गरेको विशेष बुलेटिनमा उल्लेख छ । त्यसको असरबाट जोगिन आवश्यक सतर्कता अपनाउन महाशाखाले सुझाव दिएको छ ।
महाशाखाले यो वर्ष तातो दिन तथा तातो लहरसम्बन्धी ११औँ विशेष बुलेटिन जारी गरेको हो ।

तातो हावा तथा तातो लहरका कारण थकाइ लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशीहरू दुख्ने, बान्तालगायत समस्या हुन सक्ने महाशाखाले जनाएको छ ।

 

 


Thali Mobile Pvt.Ltd.