मध्य र पश्चिम तराईमा अझै चार दिन अत्यधिक गर्मीको सम्भावना

मध्य र पश्चिम तराईमा अझै चार दिन अत्यधिक गर्मीको सम्भावना image

भक्तपुर । मध्य र पश्चिम तराईका भूभागमा आउँदा केही दिन ‘अत्यधिक’ गर्मीको सम्भावना रहेको छ । सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भूभागका कतिपय स्थानमा केही दिनदेखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा त्योभन्दा बढी मापन गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

ती भूभागमा अबका चार दिन (असार ३ देखि ६ गते)सम्म तातो हावा तथा तातो लहरको सम्भावना रहेको महाशाखाले आइतबार जारी गरेको विशेष बुलेटिनमा उल्लेख छ । त्यसको असरबाट जोगिन आवश्यक सतर्कता अपनाउन महाशाखाले सुझाव दिएको छ ।
महाशाखाले यो वर्ष तातो दिन तथा तातो लहरसम्बन्धी ११औँ विशेष बुलेटिन जारी गरेको हो ।

तातो हावा तथा तातो लहरका कारण थकाइ लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशीहरू दुख्ने, बान्तालगायत समस्या हुन सक्ने महाशाखाले जनाएको छ ।

 

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्


hotelghyampedanda