२० बैशाख २०७७ काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठकमा नयाँ समिकरण सुरु भएको छ ।
पार्टी भित्र चुलिएको आन्तरिक विवाद समाधान गर्ने उद्देश्यबोकेर शनिबार सुरु भएको सचिवालय बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को कुर्सी फेरि सँगै राखिएको दृश्य देखियो ।
पार्टी भित्रको आन्तरिक अप्ठ्यारालाई किनारा लगाउन यो बैठक निर्णायक हुने नेताहरुले बताएका छन् । सचिवालयका सबै सदस्य उपस्थित रहेको स्रोतले जनाएको छ । बैठकअघि प्रधानमन्त्री ओलीले अध्यक्ष प्रचण्ड, उपाध्यक्ष वामदेव गौतम, महासचिव विष्णु पौडेल, सदस्य रामबहादुर थापा ‘बादल’सँग भेट गरेका थिए।
बैठक अघि प्रधानमन्त्री ओली शीतल निवास पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटेका थिए । प्रधानमन्त्री ओलीले उपाध्यक्ष गौतम, महासचिव पौडेल, गृहमन्त्रीसमेत रहेका सचिवालय सदस्य बादलसँगको छलफलपछि प्रधानमन्त्री र पार्टी अध्यक्षमा आफ्नै निरन्तरता दिने बताइएको छ ।
उपाध्यक्ष गौतमलाई भावी प्रधानमन्त्री बनाउने ओलीको प्रस्तावमाथि ठोस छलफल गर्न नेकपा सचिवालयको बैठक शनिबार बोलाइएको भनिएपनि शनिबारको भेटवार्ताले त्यो समिकरण तोडिएको देखाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
झापा, १५ बैशाख । झापाको हल्दीबारी गाउँपालिका-५ त्रिवेणी चोकमा गएको राति आएको हावाहुरीले टिनको छाना भएको घर भत्किँदा ६५ वर्षीय मानबहादुर मगरको ज्यान गएको छ। जिल्ला प्रहरी कार्यालय झापाका...
मुस्ताङ । मुस्ताङको घरपझोङ गाउँपालिका थाकका पाँच गाउँ जोड्ने रिङरोडको ठिनी खोलामा धमाधम मोटरेबल पुल निर्माण भइरहेको छ । गण्डकी प्रदेश भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयअन्तर्गतको पूर्वाधार विकास...
भक्तपुर, १ जेठ । भक्तपुरको गठ्ठाघरमा अधुरो रहेको किरियापुत्री भवन निर्माण सम्पन्न गर्न आगामी जेठ ४ गतेदेखि श्रीमद्भागवत महायज्ञ हुने भएको छ। सनातन पितृमुक्ति समाज गठ्ठाघरको आयोजनामा हुने महायज्ञबाट...
म्याग्दी, १ जेठ । विगत तीन दशकयता यहाँको ऐतिहासिकस्थल ज्यामरुककोट क्षेत्रका दुई दर्जनभन्दा बढी कुवा र पँधेराहरु नासिएका छन् । तत्कालीन पर्वत राज्यअन्तर्गतको शक्तिशाली ज्यामरुककोटमा १७औँ शताब्दीमा ज्यामरुके राजा...