भर्खरै : Sorry, your browser does not support inline SVG.

मंगल ग्रहमा के भैरहेको छ ? सबै जानकारी दिने ठूलो रेडियो टेलिस्कोप बनाउँदै चीन

मंगल ग्रहमा के भैरहेको छ ? सबै जानकारी दिने ठूलो रेडियो टेलिस्कोप बनाउँदै चीन

एजेन्सी बैशाख २०७७ । यतिबेला चीनले एसियाकै सबैभन्दा ठूलो रेडियो टेलिस्कोप बनाउन थालेको छ । उत्तरी तियाञ्जन प्रान्तको वुक्विङ जिल्लामा मार्स मिसनका लागि निर्माण थालिएको यो टेलिस्कोपको काम धमाधम भइरहेको छ ।

यस रेडियो टेलिस्कोपको डाइमिटर ७० मिटर रहेको र यसले मंगल ग्रहमा रहेका सूचना र जानकारीहरु सजिलै ग्रहण गर्न सक्ने सिन्ह्वाले जनाएको छ । सन् २०२० मा सार्वजनिक गर्ने तयारीमा रहेको चीनले यसको नाम तियानवेन १ राखेको छ।

यो रेडियो टेलिस्कोपले मंगल ग्रहको कक्ष, ल्याण्डिङ र रोभिङमा के भइरहेको छ ? सजिलै जानकारी दिन सकिने नेशनल एस्ट्रोनोमिकल अब्जर्भेसन अफ दि चाइनिज एकेडेमी अफ साइन्सले दाबी गरेको छ । करीब ४ वटा बास्केट बलको कोर्ट बराबरको आकार रहेको यसले पृथ्वीबाट ४०० किलोमिटर टाढा रहेको साइन्टिफिक डाटा दिन सक्ने जनाइएको छ।

यसले कमजोर सिग्नललाई बलियो समेत बनाउन मद्दत गर्नुका साथै यसले पृथ्वीमा हुने प्राकृतिक विपत्ति, विज्ञानमा प्रकाशको नयाँ खोज गर्ने मार्स एक्सप्लोरेशन मिसनका कार्यकारी प्रमुख ली चुन लाइले बताएका छन् । चीनले यसअघि लुनार प्रोब चन्द्रमामा सफलतापूर्वक प्रक्षेपण गरिसकेको छ ।

Mohotsav


Thali Mobile Pvt.Ltd.