६ जेष्ठ २०७७, काठमाडाैं । साँसदले दिएको सुझावको जवाफ दिदै प्रधानमन्त्रीले जनतालाई मुर्ख नठान्न आग्रह गरे । नेपाल एक स्वाधिन राष्ट्र भएकोले नेपाली जनताले स्वाधिनताको रक्षा गर्न चुक्न नहुने बताए ।
सबै राष्ट्रको हैसियत बरावर हुने भएकाले नेपाल सानो राष्ट्र, अविकशित राष्ट्र भनेर हेप्न नपाईने भन्दै नेपालको सम्पूर्ण भूमि फिर्ता लिएरै छाड्ने बताए । हाम्रो भूमि लिनका लागि कोहि रिसाय रिसाओस भन्दै आफ्नो नयाँ नक्सामा नेपालको सबै भूमि समेटिने बताए ।
त्यसैले आफ्नो राष्ट्रको नीति निर्माण बलियो बनाउन लाग्ने बताए । नेपाली जनताले बनाएको सरकार भएकाले जनताको मतको कदर गर्ने भन्दै प्रधानमन्त्री ओलीले कसैको आर्शिवादमा सरकार नबनेको संकेत गरे ।
प्रधानमन्त्री ओलीले संसदमा आक्रोष व्यक्त गर्दै जनादेशको कदर गर्ने बताए । एउटै जुत्ता सबै खुट्टामा नमिल्ने भन्दै १९४० को जुत्ता अहिले आएर नेपालमा लागु गर्न खोज्नु मुर्खता हुने व्यङ्गय गरे ।
नेपालमा कुनै तानाशाहाको जन्म नहुने भन्दै नेपालको माटो सुहाउदो नेपाली जनताको नेतृत्व जन्मिने बताए । एमसीसी अघिल्लो सरकारले वार्ता र सम्झौता गरेको थियो भन्दै यो सरकारले सम्झौता नगरेको बताए ।
सम्झौताको परिपालना र विश्वसनीयता हेरेर समयसापेक्ष र राष्ट्रिय हितलाई हेरेर लागु गर्ने नगर्ने भन्ने विषय छलफल र बहस गरेर गर्न सकिने भन्दै पास गर्ने नगर्ने सदनको कुरा भएको बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
झापा, १५ बैशाख । झापाको हल्दीबारी गाउँपालिका-५ त्रिवेणी चोकमा गएको राति आएको हावाहुरीले टिनको छाना भएको घर भत्किँदा ६५ वर्षीय मानबहादुर मगरको ज्यान गएको छ। जिल्ला प्रहरी कार्यालय झापाका...
मुस्ताङ । मुस्ताङको घरपझोङ गाउँपालिका थाकका पाँच गाउँ जोड्ने रिङरोडको ठिनी खोलामा धमाधम मोटरेबल पुल निर्माण भइरहेको छ । गण्डकी प्रदेश भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयअन्तर्गतको पूर्वाधार विकास...
भक्तपुर, १ जेठ । भक्तपुरको गठ्ठाघरमा अधुरो रहेको किरियापुत्री भवन निर्माण सम्पन्न गर्न आगामी जेठ ४ गतेदेखि श्रीमद्भागवत महायज्ञ हुने भएको छ। सनातन पितृमुक्ति समाज गठ्ठाघरको आयोजनामा हुने महायज्ञबाट...
म्याग्दी, १ जेठ । विगत तीन दशकयता यहाँको ऐतिहासिकस्थल ज्यामरुककोट क्षेत्रका दुई दर्जनभन्दा बढी कुवा र पँधेराहरु नासिएका छन् । तत्कालीन पर्वत राज्यअन्तर्गतको शक्तिशाली ज्यामरुककोटमा १७औँ शताब्दीमा ज्यामरुके राजा...