२५ बैशाख २०७७ काठमाडौं । नेपालमा हालसम्म साढे ६८ हजारको कोरोना परीक्षण गरिएको सरकारले जनाएको छ। र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी) विधिमार्फत ५४ हजार ९३ र पिसिआर विधिमार्फत १४ हजार ५ सय ९ गरी कुल परीक्षणको संख्या ६८ हजार ६ सय २ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले पछिल्लो २४ घण्टामा मात्र १ हजार ४ सय ५१ वटा परीक्षण गरिएको बताएका छन् । उनका अनुसार देशभरका सातै प्रदेशमा आरडिटी विधिमार्फत परीक्षण जारी रहेको छ । अपडेटअनुसार सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा १४ हजार ४ सय ७२ वटा परीक्षण गरिएको छ ।
प्रादेशिक विवरणअुनसार, प्रदेश नम्बर १ मा ६ हजार ५ सय ५९, प्रदेश नम्बर २ मा ५ हजार ३ सय ४८, बागमती प्रदेशमा ९ हजार ४४, गण्डकी प्रदेशमा ६ हजार ३ सय ४९, प्रदेश नम्बर ५ मा ५ हजार ७ सय १३ र कर्णाली प्रदेशमा ६ हजार ६ सय ८ वटा परीक्षण भएका छन् ।
भिडियाे हेर्न तल थिच्नुहाेस्…
https://www.facebook.com/Kailashkhabarnews/videos/2787499758045104/
क्वारेन्टाइनमा बस्नेहरूको संख्या भने १७ हजार ३ सय ७२ जना रहेको छ । सबैभन्दा थोरै बागमती प्रदेशमा २ सय ६१ जना रहेका छन् । बागमतीपछि गण्डकी प्रदेशमा ५ सय २८ जना रहेका छन् । त्यसैगरी, प्रदेश नम्बर १ मा १ हजार ९ सय १५ जना, प्रदेश नम्बर २ मा १ हजार २ सय ९० जना, प्रदेश नम्बर ५ मा ६ हजार ८ सय १२ जना, कर्णाली प्रदेशमा ३ हजार ८९ जना र सुदुरपश्चिम प्रदेशमा ३ हजार ४ सय ७७ जना छन् ।
नियमित मिडिया ब्रिफिङमा प्रवक्ता देवकोटाले क्वारेन्टाइनमा रहेकाहरूलाई व्यक्तिगत सरसफाइमा ध्यान दिन र सही सूचनाका लागि तीनै तहका सरकारको समन्वयमा रहन आग्रहसमेत गरेका छन् । डा देवकोटाका अनुसार संक्रमित तथा सम्भावित संक्रमित कुल १ सय ३३ जना आइसोलेशनमा रहेका छन् । तीमध्ये काठमाडौंमा ३ जना र काठमाडौं उपत्यकाबाहिर १ सय ३० जना रहेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं, २७ असार । नेपाली नारीहरूको उत्सव तीज नजिकिँदै गर्दा, सांगीतिक र प्रभावशाली कृति ‘मधु’ सार्वजनिक भएकाे छ । गायिका हरिमाया कार्कीको मौलिक सिर्जनामा तयार भएको गीत हरिमाया कार्की...
सुर्खेत, २७ असार । खण्डकाव्यकार कृष्ण प्रसाद जैसी (रुपाखेती) द्वारा लिखित नयाँ खण्डकाव्य ‘श्रद्धाञ्जली’ को विमोचन वीरेन्द्रनगर, सुर्खेतमा सम्पन्न भएको छ। दैलेखी सेवा समाज, सुर्खेतको आयोजनामा भएको उक्त समारोहमा...
काठमाडौँ, २७ असार । नेपाल राष्ट्र बैंकले संशोधित एकीकृत निर्देशनमार्फत लघुवित्त संस्थाहरूलाई स्थिर ब्याजदर (Fixed Interest Rate) पनि प्रकाशित गर्न अनिवार्य गरेको छ। नयाँ व्यवस्थाअनुसार, अब ग्राहकहरूले कर्जा लिँदा...
काठमाडौँ, २७ असार । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन क्षेत्रमा अब खादा, माला तथा संस्थागत चिन्ह झल्किने पोशाक र सामग्री प्रयोगमा प्रतिबन्ध लगाइएको छ। अध्यागमन कार्यालयले सूचना जारी गर्दै सुरक्षाको...