भर्खरै : Sorry, your browser does not support inline SVG.
ट्रम्प प्रशासनले आयातकर्तालाई करिब १ खर्ब डलर ट्यारिफ फिर्ता गर्‍यो, अदालतले शुल्कलाई अवैध ठहर | सुस्तामा डुबानको जोखिम बढेपछि स्थानीय आफैं तटबन्ध निर्माणमा, नदी कटान रोक्न दिनरात खटिए | निर्मला पन्त प्रकरणमा गृहमन्त्रीको प्रतिप्रश्न : ‘हजुरहरू सत्तामा हुँदा किन गर्नुभएन?’ | विदेशबाट फर्किने नेपालीलाई सरकारको आग्रह : अपरिचितको सुन तथा बहुमूल्य सामान नल्याउनुहोस् | चार महिनापछि खुल्यो काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालय, पठन सेवा साउन २५ देखि | ३० जिल्लामा बाढीको जोखिम, नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह | सरकारी कर्मचारीको नयाँ तलबमान लागू, मासिक तलब ३६ हजार ७०० देखि १ लाख ४ हजार रुपैयाँसम्म | कोष अभावले अफगानिस्तानमा बाल कुपोषण संकट गहिरियो, लाखौँ बालबालिकाको जीवन जोखिममा |

सीमामा भारतीय दादागीरी : नेपाल छिर्न नपाएपछि सशस्त्र प्रहरी पोष्टमा तोडफोड

सीमामा भारतीय दादागीरी : नेपाल छिर्न नपाएपछि सशस्त्र प्रहरी पोष्टमा तोडफोड

२५ बैशाख २०७७ बारा । सुवर्ण गाउँपालिकाको पचगछिया सिमानामा आज दिउँसो भारतीयहरुले सशस्त्र प्रहरीको पोष्टमा तोडफोड गरेका छन् । सुवर्ण गाउँपालिका– ३, पचगछियामा रहेको प्रहरीको चेक पोष्टमाथि भारतीयहरुले आक्रमण गरेको सशस्त्र प्रहरीले जनाएको छ ।

भारतबाट झन्डै एक सयको संख्यामा आएका भारतीयले सशस्त्र प्रहरीको पोष्टमाथि आक्रमण गरेको सशस्त्र प्रहरी उपरीक्षक दिगविजय सुवेदीले बताएका छन् । तोडफोड पछि सशस्त्र प्रहरीले एक राउन्ड हवाई फायर गरेको जनाएको छ ।

दुईजना भारतीय नेपाल प्रवेश गर्न खोज्दा सशस्त्र प्रहरीले प्रवेश गर्न रोकेपछि ठूलो संख्यामा रहेका भारतीयले आक्रमण गरेको सशस्त्र प्रहरीको भनाइ छ । अहिले दुवै देशका सुरक्षाकर्मीहरु घटनास्थल पुगेको र स्थिति सामान्य रहेको छ ।

 


Thali Mobile Pvt.Ltd.