काठमाडौं । ललितानिवासको सरकारी जग्गा हिनामिना मुद्दामा तत्कालीन मालपोत अधिकृतलाइ जेल चलान गरिएकाे छ । विशेष अदालतका न्यायाधीश शिवराज अधिकारी र चन्द्रबहादुर सारूको इजलासले थुनामा राख्ने आदेश दिएपछि अधिकृत कृष्णप्रसाद पौडेल जेल चलान भएका हुन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले माघ २२ गते १ सय ७५ जना विरुद्ध अदालतमा मुद्दा दायर गरेको थियो । आफैँ अदालतमा उपस्थित भएका पौडेललाई पुर्पक्षमा राख्नुपर्ने आदेश दिएको हो । यस जग्गा प्रकरणमा पौडेल नै अदालतमा उपस्थित हुने पहिलो प्रतिवादी हुन् ।
प्रधानमन्त्रीनिवास विस्तारको नाममा गलत लिखत तयार पारी नक्कली मोही खडा गरेर करिब १४ रोपनी जग्गा मासिएको अभियोग पौडेलमाथि लागेको छ । पौडेलविरुद्ध ३२ करोड १९ लाख २० हजार रुपैयाँ बिगो दाबी सहितको मुद्दा दायर गरिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाण्डौ, २ असार । बुन्डेसलिगा च्याम्पियन बायर्न म्युनिखले अमेरिकामा भइरहेको फिफा क्लब विश्वकपमा न्युजिल्याण्डको अकल्याण्ड सिटीलाई ऐतिहासिक १०–० को फराकिलो अन्तरले पराजित गरेको छ। यो जित क्लब विश्वकप इतिहासकै...
काठमाण्डौ, २ असार । द्वन्द्वग्रस्त इजरायल र इरानमा रहेका सबै नेपालीहरू अहिले सुरक्षित रहेका छन् । परराष्ट्र मन्त्रालयका अनुसार इजरायलमा करिब ५ हजार ५ सय नेपाली र इरानमा करिब १२...
काठमाण्डौ, २ असार । देशका केही भू-भागमा मनसुनी र पश्चिमी वायुको प्रभावसँगै वर्षा भइरहेको छ भने केही स्थानमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल...
सिमकोट, २ असार । हुम्लाको सर्केगाड गाउँपालिका–३ स्थित उनापानीको औल बस्तीमा गएराति भएको भीषण आगलागीबाट आठ घर पूर्ण रूपमा जलेर नष्ट भएका छन्। स्थानीय वासिन्दा विर्ख रावतको घरको गोठबाट...