काठमाडौं । पेन्सन सुधारको विरोधमा भएको देशव्यापी हडतालले फ्रान्सको जनजीवन प्रभावित भएको छ । स्कुल, सरकारी कार्यालयको काम प्रभावित भएको छ भने यातायात सेवा पनि ठप्प भएको छ । धेरै ठाउँमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएपछि ८७ जनालाई हिरासतमा लिइएको संचारमाध्यमले जनाएका छन् ।
फ्रान्समा कामकाजी वर्ग पेन्सन योजनामा प्रस्तावित सुधारबाट रुष्ट छन् । नयाँ प्रस्तावमा अवकासको उमेर बढाउने प्रस्ताव छ । तोकिएको समय भन्दा अगावै अवकास हुनेले कम रकम पाउने व्यवस्था छ । पेन्सन सुधारको विरोधमा भइरहेको हड्तालमा शिक्षक, यातायातका कर्मचारीसँगसँगै प्रहरी, वकिल, अस्पतालका कर्मचारी, हवाई अड्डाका कर्मचारी र अन्य कामकाजी मानिसहरु समेत सहभागी भएका छन् ।
राष्ट्रपति इम्यानुयल म्याक्रोले फ्रान्समा एक ‘युनिभर्सल प्वाइन्ट बेस्ड पेन्सन प्रणाली’ शुरु गर्न चाहेका छन् । फ्रान्सको मौजुदा पेन्सन स्किम लागू गर्ने म्याक्रोलको उद्देश्य रहेको छ । यद्यपि फ्रान्समा निजी र सार्वजनिक क्षेत्रका कर्मचारीका लागि ४२ अलग-अलग पेन्सन स्किम लागूगरिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
एजेन्सी । बेलायतको आर्थिक वृद्धिदर एक प्रतिशतले मात्र बढ्ने अनुमान गरेको छ । बेलायतको पब्लिक फाइनान्स वाचडग अफिस फर बजेट रेस्पोन्सिबिलिटी (ओबीआर) ले हाल सालै निकालेको तथ्याङ्क अनुसार २०२५...
एजेन्सी । फेब्रुअरीदेखि १६६ जहाजहरू केप अफ गुड होप मार्गबाट सुएज नहरमा फर्किएका छन् । सुएज नहर प्राधिकरणले गाजामा भएको छोटो युद्धविराम पछि उक्त मार्गबाट सुएज नहरमा फर्किका हुन...
एजेन्सी । रुसले युक्रेनमाथिको आक्रमण थप तीव्र पारेको छ। युद्ध रोक्ने विषयमा साउदी अरेबियामा वार्ता जारी रहँदा रुसले उत्त–रपूर्वी युक्रेनका विभिन्न ठाउँलाई निशाना बनाएर आक्रमण गरेको हो । अमेरिका...
एजेन्सी । गाजामा जारी इजरायली सैन्य आक्रमणमा ५० हजारभन्दा बढी प्यालेस्टिनीहरू मारिएका छन्। हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार गाजामा कुल ५०,०२१ जनाको मृत्यु भएको बताएको हो । गाजामा हमासद्वारा...