भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

साग इतिहासमा इतिहास रच्दै नेपाली खेलाडी

साग इतिहासमा इतिहास रच्दै नेपाली खेलाडी

काठमाडाैं । साग इतिहासमा एथलेटिक्स खेलाडी सन्तोषी श्रेष्ठले इतिहास रचेकी छन्। उनी एथलेटिक्सतर्फ स्वर्ण पदक जित्ने पहिलो नेपाली महिला खेलाडी बनिनेकी छन्। यसअघि सागको एथलेटिक्समा भारत र श्रीलंकाकाे दबदबा थियो । सन्तोषीले भारतीय धाविका कविता यादवलाई एक मिलिसेकन्डले उछिन्दै स्वर्ण हात पारेकी हुन्। निर्धारित दूरी ३५ मिनेट ०७.९४ सेकेन्ड र कविताले ३५ मिनेट ०७.९५ सेकेन्डमा पूरा गरेकी थिइन्।

त्यस्तै ब्राजिलको रियो दि जेनेरियोमा तीन वर्षअघि विश्व खेलकुदको महाकुम्भ ‘ओलम्पिक’ मा गौरिका सिंहले नेपाललाई चर्चित बनाएकी थिइन्। त्यो ओलम्पिकमा भाग लिने विश्वकै कान्छी खेलाडी थिइन्, गौरिका। त्यसको तीन वर्षपछि जलपरी गौरिकाले देशको शिर उच्च पार्दै सागमा पौडीको व्यक्तिगत स्पर्धामा स्वर्ण पदक जित्ने पहिलो नेपाली खेलाडी बनेकी छन्। नेपाली खेलकुदकाे ऐतिहासिक खेलाडी बन्न सफल गाैरिकाले यो सागमा दुई स्वर्ण जितेकी छन्।

यता सञ्जु चौधरीले भारोत्तोलनमा स्वर्ण जित्दै इतिहास रचिन्। भारोत्तोलनको महिला ५९ केजी तौल समूहमा बिहीबार उनले श्रीलंकाकी खेलाडीलाई पछि पार्दै स्वर्ण चुमेकी हुन्। यो सफलतासँगै उनी सागको महिला भारोत्तोलनमा स्वर्ण जित्ने पहिलो नेपाली खेलाडी बन्न पुगिन् । क्रिकेटर अञ्जली चन्दले त १३औं सागमा विश्व कीर्तिमानै बनाएर देशको गौरव बढाइन्। पोखरा क्रिकेट मैदानमा गत सोमबार भएको माल्दिभ्सविरुद्धको खेलमा उनले ‘अविश्वासिलो’ विश्व कीर्तिमान आफ्नो नाममा पारेकी हुन्।

१३औं सागमा चम्किएकी अर्की खेलाडी हुन्, सावित्रा भण्डारी। देशका लागि अन्तर्राष्ट्रिय महिला फुटबलमा सर्वाधिक गोल गर्ने उनी कीर्तिमानी खेलाडी बनिन्। माल्दिभ्सविरुद्घको खेलमा ह्याट्रिक गर्दै उनले सर्वाधिक अन्तर्राष्ट्रिय गोलको कीर्तिमान आफ्नो नाममा पारेकी हुन्। महिला भलिबल टोलीले पनि सागमा ऐतिहासिक सफलता हात पा¥यो। एकपछि अर्को उत्कृष्ट प्रदर्शन गर्दै उपाधिनजिक पुगेको नेपाली टोली फाइनलमा चिर प्रतिद्वन्द्वी भारतसँग ३–२ सेटमा पराजित भएको थियो। जारी सागमा इतिहास रच्ने अर्की खेलाडी सोनी गुरुङ हुन्।

उनी देशका लागि ट्रायथलनमा स्वर्ण जित्ने पहिलो नेपाली महिला खेलाडी बनिन्। उनले भारतीय खेलाडीलाई पछि पार्दै स्वर्ण पदक हात पारेकी हुन्। सागको ‘पावर गेम’मा पनि महिला खेलाडीले उत्कृष्ट प्रदर्शन गरेका छन्। तेक्वान्दोमा आयषा शाक्यले दुई स्वर्ण जितेर चर्चा बटुलिन्।आयषा दुई सन्तानकी आमा हुन्। निमा घर्ती मगरले उसुमा स्वर्ण पदक जितिन्। उनी लगातार दुई सागमा स्वर्ण पदक जित्ने पहिलो महिला उसु खेलाडी हुन्।

साइक्लिङमा निश्मा श्रेष्ठ र लक्ष्मी मगरले स्वर्ण पदक जिते। नेपाली महिला खेलाडीले सागको साइक्लिङमा स्वर्ण पदक जितेको यो पहिलो हो। घरेलु मैदानमा आयोजित सागमा शुक्रबारसम्म नेपालले स्वर्ण पदक संख्या ४१ पु¥याएको छ। सागको इतिहासमा नेपालले जितेको यो हालसम्मकै सर्वाधिक स्वर्ण पदक हो।ख१३औं सागको छैटौं दिन शुक्रबारसम्म नेपालले कुल ४१ स्वर्ण पदक जितेको छ। त्यसमध्ये महिला खेलाडीले २२ र पुरुषले १८ स्वर्ण जितेका छन्।

१३औं सागका स्वर्ण विजेता
कराते : महिला ५ पुरुष ५
तेक्वान्दो : महिला ७ पुरुष ४
ट्रायथलन :महिला १ पुरुष १
उसु : महिला ३ पुरुष २
एथलेटिक्स : महिला १ पुरुष १
साइक्लिङ : महिला २ पुरुष २
पौडी : महिला २ पुरुष ०
भारोत्तोलन : महिला १ पुरुष १
गल्फ : महिला ० स् पुरुष २
(तेक्वान्दोको पेयर पुम्से स्पर्धामा एक महिला र एक पुरुष सहभागी टोलीलाई स्वर्ण)
स्वर्ण विजेता महिला खेलाडी
कराते
कुसुम खड्का
अनु अधिकारी
सुनीता महर्जन
अनुपमा मगर
महिला टिम काता (निर्मला तामाङ, संगीता मगर र सुरु कार्की)
तेक्वान्दो
सिना मादेन लिम्बू
पार्वती गुरुङ
आयषा शाक्य
काजल श्रेष्ठ
संगीता बस्याल
महिला टिम काता (निशा दर्नाल, स्वस्तिका तामाङ र सञ्जिला तिमल्सिना)
महिला टिम काता (नीता गुरुङ, प्रशंसा क्षत्री र सुशीला राई)
ट्रायथलन
सोनी गुरुङ
उसु
सुस्मिता तामाङ
निमा घर्ती मगर
जुनी राई
एथलेटिक्स
सन्तोषी श्रेष्ठ
साइक्लिङ
निश्मा श्रेष्ठ
लक्ष्मी मगर
पौडी
गौरिका सिंह
भारोत्तोलन
सञ्जु चौधरी

 


Thali Mobile Pvt.Ltd.