२५ बैशाख २०७७ काठमाडौं । संघीय संसदको वर्षे अधिवेशन भोलि शुरु हुँदैछ । अधिवेशनको पहिलो दिनको बैठकमा सरकारले जारी गरेको अध्यादेशले खारेज गरेका साविकको ऐनको व्यवस्था जगाउने अध्यादेश टेवल गर्ने कार्यसुची रहेको छ ।
संसद अधिवेशन शुरु हुनुपूर्व सबै संसदहरुको कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको छ । कोरोना परीक्षणको नतिजा देखाएपछि मात्रै सांसदहरुलाई प्रवेश दिइनेछ । संघीय संसद सचिवालयका प्रवक्ता डाक्टर रोजनाथ पाण्डेका अनुसार बिहीबार संकलन गरिएका सबै स्वाबको परीक्षण रिपोर्ट शुक्रबारसम्म आइपुग्ने र त्यहि अनुसार सांसदहरुलाई बैठक कक्षमा जान दिइनेछ ।
नीति तथा कार्यक्रम जेठ २ गते
संसद सचिवालयका अनुसार शुक्रबारदेखि बैठक शुरु हुने र २८ र २९ गतेगरी दुई दिन प्रि–बजेट छलफल हुनेछ । सरकारको नीति तथा कार्यक्रम भने जेठ २ गते आउने छ ।
सचिवालयका प्रवक्ता पाण्डेका अनुसार जेठ २ गते बेलुका ४ बजेका लागि राष्ट्रपतिद्वारा दुबै सदनको संयुक्त बैठक आह्वान भइसकेको र त्यसैदिन राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम संसदमा पेश गर्न कार्यसूची रहेको छ ।
संवैधानिक व्यवस्थाअनुसार जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट पेश गर्नुपर्ने भएका कारण सरकारले नियमित रुपमै बजेट पेश गर्ने संघीय संसद सचिवालयले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैतडी, ९ जेठ । बैतडी जिल्लाको खलङ्गा क्षेत्रलाई केन्द्रबिन्दु बनाएर शुक्रबार बिहान दुईपटक भूकम्पको धक्का महसुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार पहिलो भूकम्प बिहान...
काठमाडौँ, ९ जेठ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले समाजमा अहिले व्याप्त रहेको नकारात्मक सोच र विचारले समाज र देश नबन्ने बताएकी छिन् । नेपाली जनसम्पर्क समिति जापानद्वारा टोकियोमा...
भक्तपुर, जेष्ठ । सूर्यविनायक नगरपालिका वडा नं ७ मा पुष्पखेती प्रवर्द्धन कार्यक्रम अन्तर्गत सयपत्री फूलको बेर्ना वितरण कार्यक्रम सम्पन्न भएको छ। आ.व. २०८१/०८२ मा स्वीकृत योजनाअन्तर्गत सञ्चालन भएको कार्यक्रम...
भक्तपुर, ८ जेष्ठ । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले भक्तपुर नगरपालिकाद्वारा निर्माणाधीन अरनिको सभाभवन, थन्थु दरबार, र हाडा छेँ पुनःनिर्माण स्थलहरूको स्थलगत निरीक्षण...