स्याङ्जा । बिरूवा गाउँपालिकाले विदेशबाट आएका नागरिकलाई विशेष निगरानीकासाथ क्वारेन्टाइनमा राखेको छ । गाउँपालिकामा कोरोनाको द्रुत परीक्षण (र्यापिड डायग्नोस्टिक टेस्ट) समेत सुरु गरिसकेको छ ।
कोरोनाको संक्रमण फैलिएका देशहरूबाट आएकाहरूमा कोरोनाको संक्रमण हुन सक्ने भएकाले कोरोना (र्यापिड डायग्नोस्टिक टेस्ट किटमार्फत् ‘कोभिड–१९’ को परीक्षण गरिएको कैलाश खबरकाे विशेष कुराकानीमा प्रमुख प्रशासकीय अधिकृत कुलराज सुवेदीले बताए ।
बिरुवा गाउँपालिकामा ४४ बेडको क्वारेनटाइन रहेको र २५ जना विदेशबाट आएकाहरुको (आरडिटि) र्यापिड डायग्नोस्टिक टेस्टमार्फत परिक्षण गरिएको बताए । परिक्षणमा सबैको नतिजा नेगेटिभ आएको भन्दै १४ दिनसम्म क्वारेनटाईनमा त्रसित भएर बस्दै अएका उनिहरुको मुहारमा खुसियाली छाएको बताए ।
चैत २ गतेपछि भारतका विभिन्न नाका, जापान, मलेसिया, कोरिया र रोमानीयाबाट आउने सबैको र्यापिड डायगनोस्टिक टेस्ट गरिएको जानकारी दिदै बिरुवा गाउँपालिकामा राहतको व्यवस्था पनि गरिएको जानकारी दिए । विपन्न, भूमिहिन, मजदुरलाई विशेष प्राथमिक्तामा राखेर ३९० परिवारलाई राहत वितरण गरेको बताए ।
थप जानकारीका लागि यो भिडियो हेर्नुहोस ।
https://www.facebook.com/Kailashkhabarnews/videos/587617331838218/
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
कस्की, ३ जेठ । पोखरा महानगरपालिका–३३ सुरौदी खोला किनाराको तिखेढुङ्गा होस वा पोखरा–१३ ढाँडबेसी र आसपासका फाँट धेरै ठाउँमा तरबुजा लटरम्म फलेको देख्न सकिन्छ । विगतमा तराई र भारतका स्थानबाट...
म्याग्दी । धवलागिरि गाउँपालिकाले चालु आर्थिक वर्ष २०८१/८२ मा छवटा गौरवका आयोजना सञ्चालन गरेको छ । रु १२ करोड ६६ लाखमा ठेक्का सम्झौता भएका दुई वटा योजना बहुवर्षीय क्रमागत...
तनहुँ। निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको भूमिगत विद्युत्गृहभित्र रोटर (विद्युतीय मोटर) जडान गरिएको छ। आयोजनाको चरण–२ अन्तर्गत भूमिगत विद्युत्गृहभित्र रोटर कार्य जडान सफल भएको हो।सिनो...
गण्डकी, चैत २९। सामुदायिक वन समूहले काठको विकल्पका रूपमा अन्य वन पैदावारबाट रोजगार सिर्जनासँगै आयआर्ज गर्न सुरु गरेका छन्। वनभित्र थुप्रिएका ज्वलनशील पदार्थको उपयोग गर्दै वन समूह रोजगारीसँगै जैविक...