भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

भक्तपुरकाे बाेडेमा पुरूषकाे शव भेटियाे, हत्या गरिएको आशंकामा केही पक्राउ

भक्तपुरकाे बाेडेमा पुरूषकाे शव भेटियाे, हत्या गरिएको आशंकामा केही पक्राउ

भक्तपुर । भक्तपुरको बोडेमा एक ब्यक्ति मृत फेला परेका छन् । बोडेस्थित लर्डबुद्ध स्कुल अगाडि निर्माणाधिन टहरामा एक पुरूषको शव  रगताम्य अवस्थामा फेला परेको हो ।

जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक राजु पाण्डेले उक्त स्थानमा मानिसको मृत लाश रहेको जानकारी पाउँनासाथ प्रहरी टोली घटनास्थलमा खटिएको र मृत्तक व्यक्ति भक्तपुर जिल्ला मध्यपुर थिमी नगरपालिका वडा नं. ८ का ५१ वर्षीय कल्याण साहु रहेको जानकारी दिए ।

प्रवक्ता पाण्डेले साहुलाई हत्या गरिएको हुनसक्ने अनुमान गरिएको र केही शंकास्पद व्यक्तिहरुलाई प्रहरीले पक्राउ गरी अनुसन्धान सुरू गरिसकेको जानकारी दिए ।

उक्त घटनाबारे थप अनुसन्धान प्रहरी वृत्त थिमीमा भईरहेको र लाशलाई पोष्टमार्टमका लागि केएमसी अस्पताल दुवाकोटमा राखिएको छ।

 


Thali Mobile Pvt.Ltd.