भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

देउवा सरकार कूटनीतिक रूपमा असफल, एमसीसीकै कारण नेपालमा आर्थिक संकट बढ्यो

देउवा सरकार कूटनीतिक रूपमा असफल, एमसीसीकै कारण नेपालमा आर्थिक संकट बढ्यो

काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले प्रधानमन्त्री शेरवहादुर देउवा नेतृत्वको पाँच दलीय गठबन्धन सरकार कूटनीतिक रुपमा पूर्णत असफल भएको बताएका छन् । आइतबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद सुवाले जनजिविकाका सवालमा आफ्ना मतहरु राख्दै देउवाको कूटनीतिक असफलताका कारण नेपालमा महँगीले आकाश छोएको बताएका हुन् ।

नेपालको संसदबाट शासक दलहरुले एमसीसी पास गरेपछि अमेरिकी सरकारको दबाबमा देउवा सरकारले रुसविरुद्ध संयुक्त राष्ट्रसंघमा मतदान गरेको बताउँदै अहिले नेपालमा पेट्रोलियम पदार्थ र एलपी ग्याँसको मूल्य बढेको तर्क गरे । रुख युुक्रेन युद्धमा भारत तटस्थ बसेकाले अहिले पनि अन्तर्राष्ट्रिय बजार मूल्यको एक तिहाइ मूल्यमा पेट्रोलियम पदार्थ र एलपी ग्याँस पाएको बताए । एमसीसीकै कारणले नेपाल सरकारले रुसविरुद्ध मतदान गरेकाले अहिले नेपाले महँगोमा आयात गर्नु परेको स्पष्ट पारे । यसले प्रधानमन्त्री देउवाको कूटनीतिक असफलता पुुष्टि गरेको बताए ।

संसद बैठकमा विनियोजन विधेयक–२०७९ को विभिन्न शीर्षकमाथिको खर्च कटौती प्रस्ताव पेस गर्दै सांसद सुवालले सरकारले एमसीसी सम्झौता संसदबाट पारित गरेकै कारण आर्थिक संकट उत्पन्न भएको बताए ।

 


Thali Mobile Pvt.Ltd.