काठमाडौं । भारतमा कोरोना भाइरस सङ्क्रमणको प्रभाव निरन्तर बढेर सङ्क्रमितको सङ्ख्या ४५० नाघेपछि सम्पूर्ण ध्यान कोरोना नियन्त्रणमा गर्दै कफ्र्यू आदेश जारिगरेको छ ।
सोमबार मध्यरातदेखि अर्को आदेश नभएसम्म कर्फ्यू आदेश जारी गरिएको भारतीय संचारमाध्यमले जनाएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्विट मार्फत् राज्य सरकारहरूलाई यो अवधिमा यसका सबै नियमहरूको पूर्णपालना गर्न आदेश दिएका थिए ।
धेरै मानिसले लकडाउनलाई गम्भीर रूपमा नलिएको भन्दै केन्द्र सरकारले त्यस्ता मानिसहरूलाई कानुनी कारबाहीको दायरामा ल्याउन राज्य सरकारहरूलाई मोदीले निर्देशन दिए।
केन्द्र सरकारका अनुसार ३० राज्य वा केन्द्र शासित क्षेत्रहरूमा पूर्ण लकडाउनको अवस्था छ । मानव आवागमनमा कडा नियन्त्रण सुरु गरिएको छ । भारतमा यात्रुवाहक आन्तरिक उडानहरू पनि बन्द गरिँएका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाण्डौ, २ असार । बुन्डेसलिगा च्याम्पियन बायर्न म्युनिखले अमेरिकामा भइरहेको फिफा क्लब विश्वकपमा न्युजिल्याण्डको अकल्याण्ड सिटीलाई ऐतिहासिक १०–० को फराकिलो अन्तरले पराजित गरेको छ। यो जित क्लब विश्वकप इतिहासकै...
काठमाण्डौ, २ असार । द्वन्द्वग्रस्त इजरायल र इरानमा रहेका सबै नेपालीहरू अहिले सुरक्षित रहेका छन् । परराष्ट्र मन्त्रालयका अनुसार इजरायलमा करिब ५ हजार ५ सय नेपाली र इरानमा करिब १२...
काठमाण्डौ, २ असार । देशका केही भू-भागमा मनसुनी र पश्चिमी वायुको प्रभावसँगै वर्षा भइरहेको छ भने केही स्थानमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल...
सिमकोट, २ असार । हुम्लाको सर्केगाड गाउँपालिका–३ स्थित उनापानीको औल बस्तीमा गएराति भएको भीषण आगलागीबाट आठ घर पूर्ण रूपमा जलेर नष्ट भएका छन्। स्थानीय वासिन्दा विर्ख रावतको घरको गोठबाट...