भर्खरै : Sorry, your browser does not support inline SVG.
अमेरिकी सैन्य अखडामाथि इरानको मिसाइल-ड्रोन आक्रमण, मध्यपूर्वमा तनाव झन् चुलियो | नेपाल आयल निगमको कार्यकारी निर्देशकमा ६ जनाको प्रतिस्पर्धा, नामावली सार्वजनिक | मानव अधिकार आयोगको प्रतिवेदन पुनरावलोकन गर्न ओलीको माग, निर्णय सच्याउन निवेदन | ‘कर हटाउने होइन, विकल्प पनि देखाउनुस्’ : अर्थमन्त्री डा. स्वर्णिम वाग्ले | निर्माण व्यवसायीसँग प्रधानमन्त्रीको छलफल : समस्या समाधान र लगानी वातावरण सुधारमा सरकार प्रतिबद्ध | सरकारी खाता बन्द, अन्तिम दिन भुक्तानीको उच्च चाप | राहदानी विभाग अगाडि एक पुरुषको आत्मदाह प्रयास, वीर अस्पतालमा उपचार हुँदै | नक्कली भुटानी शरणार्थी काण्डमा टोपबहादुर रायमाझी र बालकृष्ण खाणसहित १५ जना दोषी ठहर |

अत्यावश्यक सामाग्रीसहित चाइना एयर नेपालमा

अत्यावश्यक सामाग्रीसहित चाइना एयर नेपालमा

काठमाडौं । नेपालमा एकजना कोरोना संक्रमित भेटिएपछि चीनले सम्भावित जोखिमसँग जुध्न नेपाललाई सहयोग सामाग्रीसहित चिनियाँ विमान नेपाल पठाउन लागेको छ ।

(कोभिड १९) को संक्रमण नियन्त्रण गर्न चीन सरकारले नेपाल सरकारलाई आवश्यक स्वास्थ्य सामग्री सहयोग गर्ने जानकारी दिएको थियो । चीनको ग्वान्जाउबाट सहायता सामग्री बोकेको विमान काठमाडौं आउन लागेको छ ।

नेपाल सरकारले कोरोना भाइरसविरुद्ध पर्याप्त औषधि उपकरण नभएको जानकारी दिएपछि चीन सरकारले उक्त सामग्रीसहितको विमान काठमाडौं पठाउन लागेको जनाएको छ ।

चिनियाँ राजदूत होउ यान्कीले नेपाल एक्लै नरहेको बताउँदै चीन सदैव नेपालको साथमा रहेको उल्लेख गर्दै आवश्यक सहयोग सामाग्री पठाउने तयारी भइरहेको बताएकी थिइन् । चीनको राष्ट्रिय ध्वजावाहक चाइना साउदर्न एयरलाइन्स उक्त सामान बोकेर नेपाल आउन लागेको जनाईएको छ ।

 


Thali Mobile Pvt.Ltd.