कोरोनाविरुद्धको युद्ध मोर्चामा चौबिसै घण्टा लडिरहेको विश्व स्वास्थ्य संगठनले नेपाललाई भारतसंगको नाका बन्द गर्न आग्रह गरेको छ । खुल्ला सीमानाका कारण मानवको आवतजावतले संक्रमण झन फैलिन सक्ने भन्दै बन्द गर्न आग्रह गरेको हो ।
कोरोनाले सबै महादेशलाई असर गरेको भन्दै अहिले युरोपलाई आक्रान्त पारेको जनाएको छ । चीनमा कोरोनाको संक्रमण घट्ने क्रममा रहेको छ भन्दै विश्व स्वास्थ्य संगठनले इटालीलाई नयाँ ‘इपिसेन्टर’ तोकेको बताएको छ।कोरोनाको संक्रमणलाई नियन्त्रण गर्न सबैको कतव्य भन्दै राज्यसंग समन्वय गरिरहेको विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा टेड्रोस नेतृत्वको ‘न्यूक्लियस टिम’ ले बताएको छ।
सो टिमले नियमित पत्रकार भेटघाट देखि विभिन्न मुलुकसंगको सम्पर्क समन्वय गरेको छ । साथै नेपालको समेत सन्दर्भ जोडेर कुराको उठान भएको छ । चीनको उहानमा सुरुकै फेजमा डाक्टरले कोरोनाको विषयमा राज्यलाई बताएको, पत्रकारले लेखेको कुरा त्यतिबेलै विश्व स्वास्थ्य संगठन यो विषयमा जानकारी भएको भए, आजस्थिति नआउने डब्लु एच ओले भनेको छ ।
कोरोनाको बारेमा थाहा पाउने बित्तिकै चिनियाँ सरकारसँग समन्वय गरेर तत्काल वहान ‘लक–डाउन’ गर्ने लगायतका रणनीतिक काम गरेका भन्दै राष्ट्रपति सी चिङफिङसँग बसेर रणनीति बनाएको बताए । तत्कालै ‘लक–लडाउन’ गरेर चीनले आफ्ना सबै उपाय अपनाउनाले आज नियन्त्रणको अवस्थामा आइपुगेको उनको भनाई छ ।
युरोप पुरै लकडाउनको अवस्थामा रहेको जनाउदै यतिबेला गर्नुपर्ने दुईवटा काम, पहिलो सर्न नदिन आफैले सजगता अपनाउने र राज्यले फैलिन नदिन ‘लक–डाउन’ गर्ने बताएको छ । चार ‘स्टेप’ पहिचान गर्ने, परीक्षण गर्ने, उपचार गर्ने र रिपोर्ट गर्ने तरिका अपनाउन सुझाव दिदै डब्ल्यूएचओले तयारीविहीन अवस्थामा बसेका विपन्न देशझन मर्कामा पर्नसंक्ने संकेत गरेको छ ।
सबैलाई सतर्क रहन आग्रह गरेको छ । नेपाल जस्तो कमजोर स्वास्थ्य संरचना भएको मुलुकमा यो महामारी अस्पतालसम्म कतिपय केसहरु नआएका पनि हुनसक्छन् भन्दै डब्ल्यूएचओले चाँसो दिएको छ । नेपालीसंग प्रतिरोध क्षमता बलियो भएकोले सहयोग गरेको पनि हुनसक्छ भन्दै अहिलेसम्म महामारी नदेखिनु साह्रै राम्रो कुरा भएको तर यसो भन्दैमा ढुक्क भएर नवस्न आग्रह गरेको छ ।
नेपालले तत्कालै भारतसँग जोडिएका सिमा बन्द गर्न आग्रह गर्दै नाकाबाट आउनेको १४ दिन क्वारेन्टाइनमा राख्नु पर्ने बताएको छ । नेपाललाई तयारीको प्रसस्तै अवसर भएकाले संक्रमण फैलिन नदिन र फैलिहालेको खण्डमा आपतकालीन संरचनातिर ध्यान दिनु भनेको छ । आफूले आफैलाई जोगाउने, हुलमुलमा नजाने, हात नमिलाउने र घरमै बस्न आग्रह गर्दै राज्य बोलेर मात्र हुँदैन।
राज्यको तर्फबाट तयारी हुनैपर्छ भन्दै जनताले पनि राज्यले भनेको मान्नुको विकल्प नरहेको उसको भनाई छ । संक्रमित हुनबाट जोगिने उत्तम उपाय घरमै बस्नु भएकोले घरमै बसेमा भाइरस नियन्त्रणमा आउन सक्ने उसको तर्क छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
कैलाली । चुरे गाउँपालिका–४ खैरालामा रहेको गर्भा दरबार संरक्षण अभावमा जीर्ण बन्दै गएको छ । विसं १९८४ मा खड्कशमशेर जङ्गबहादुर राणाले निर्माण गरेको ऐतिहासिक राणाकालीन दरबारको संरक्षण अभावमा जीर्ण...
काठमाडौं । प्रदुषण रोकथामका लागि संघर्ष समितिले पटक पटक मिल र सरोकारवालाहरु संग समन्वय सहकार्य गरेपनि कुनै सुनुवाई नभएपछि संघर्ष समिति आन्दोलित भएको छ । लुम्बिनी चिनी मिलको प्रदुषण...
धनुषा । मिथिला नगरपालिका ३ स्थित सतलोक आश्रममा १३ जोडीको सामूहिक अन्तरजातीय विवाह सम्पन्न भएको छ । आश्रममा ५१०औं तीन दिवसीय दिव्य धर्म यज्ञको अवसरमा सोमबार १३ जोडीको सामूहिक...
जाजरकोट । रामीडाँडा केन्द्रविन्दु बनाएर गएको भूकम्पबाट घरमा क्षति भएपछि सुत्केरी, ज्येष्ठ नागरिक तथा बालबालिका बढी समस्यामा परेका छन् । त्रिपालको सहारामा बस्नुपर्दा चिसोका कारण विभिन्न खालका स्वास्थ्य समस्या...