भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

विश्वमा कोरोनाबाट संक्रमित हुनेको संख्या ३ लाख नाघ्याे, मृत्यु हुने कति ?

विश्वमा कोरोनाबाट संक्रमित हुनेको संख्या ३ लाख नाघ्याे, मृत्यु हुने कति ?

एजेन्सी । विश्वमा कोरोनाका कारण संक्रमित हुनेको संख्या ३ लाख नाघेको छ । जोन्स हपकिन्स विश्वविद्यालय तथा मेडिसिन कोरोना भाइरस रिसोर्स सेन्टरलाई उद्धृत गर्दै सीएनएनले जनाएको छ । १३ हजार ३२ले भने ज्यान गुमाइसकेका छन् ।

चीन, इटली, स्पेनमा सर्वाधिक धेरै संक्रमित देखिएका छन् भने धेरै मृत्यु हुनेको संख्या इटली, चीन र ईरानमा छ । इटलीमा शनिबारसम्म ५३ हजार ५ सय ७८ मा कोरोना संक्रमण देखिएका छन् । त्यसमध्ये ४ हजार ८ सय २५ जनाले ज्यान गुमाएका छन् ।

अमेरिकामा हालसम्म यस भाइरसको संक्रमणबाट ३ सय २ जना मृत्यु भइसकेको छ । बेलयात संक्रमित हुनेको संख्या ५ हजार १८ छ भने २ सय ३३ जनाको मृत्यु भइसकेको छ ।

कोरोनाको बढ्दो महामारीसँगै विश्व अर्थतन्त्र धरासायी हुने जोखिम विज्ञहरुले बताइरहेका छन् ।

 


Thali Mobile Pvt.Ltd.