भर्खरै : Sorry, your browser does not support inline SVG.
बुढीगण्डकीको बाढीले बस्ती र पुल बगायो, तटीय क्षेत्रमा सतर्कता | भक्तपुरमा नेपाली मौलिक वास्तुकलाको प्रदर्शनी, १८५ सम्पदा पुनर्निर्माण गरिएको जानकारी | मुख्यमन्त्री किरण थापासहित विभिन्न व्यक्तिहरूलाइ क्रियाशील पत्रकार मञ्च, भक्तपुरद्वारा सम्मानपत्र प्रदान | स्वास्थ्य सचिव डा. सुमित्रा गौतमलाई क्रियाशील पत्रकार मञ्च भक्तपुरको सम्मान | नोबेल शान्ति पुरस्कार घोषणापछि आईसीसीमाथि अमेरिकी प्रतिबन्ध | नेपालमा आप्रवासी चराको वासस्थान सङ्कटमा, ४५ प्रतिशतको सङ्ख्या घट्दो | बीपी राजमार्ग दुईतर्फी खुल्यो, लेदो र गेग्रान हटाइएपछि यातायात सहज | राष्ट्रिय परिचयपत्र नभएकै कारण बैंकिङ सेवा रोक्न नपाइने, सर्वोच्चको आदेश |

भारत तर्फका सीमानामा काँडेतार लाउनैपर्छ : पाेखरेल

भारत तर्फका सीमानामा काँडेतार लाउनैपर्छ : पाेखरेल

२९ बैशाख २०७७ काठमाडौं । पूर्व प्रधानमन्त्री तथा वरिष्ठ नेता नेपालले भारतीय सिमानामा काँडेतार लगाउनु पर्छ भनेसंगै त्यसलाई समर्थन जनाउँनेको लर्को लागेको छ ।

नेकपा स्थायी कमिटी सदस्य तथा पाँच न. प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले खुला सीमाकै कारण कोरोना संक्रमण बढेकोले भारतसँग सधैँ बाझेर नसकिँने भन्दै सीमामा पर्खाल र काँडेतार लगानु पर्ने बताएका छन् ।

पोखरेलले भन्सारबिन्दुबाहेक अन्यत्र आउजाउ रोक्न जोड दिएका छन् । सीमा क्षेत्रका जनताको सुविधाका लागि आउजाउका नाका थप गरेर भए पनि नेपाल–भारत सिमानामा तारवार गर्नु पर्ने उनको भनाई छ ।

भारतसँग वार्तागर्दा यसलाई प्रमुखताका साथ उठाउनुपर्ने माग गर्दै पोखरेलले दुरगामी महत्वको प्रस्तावका लागि वरिष्ठ नेता माधव नेपाललाई हृदय देखिनै धन्यवाद दिएका छन् ।

 


Thali Mobile Pvt.Ltd.