भर्खरै : Sorry, your browser does not support inline SVG.

भारत निर्भरता हट्दै, चीनको केरुङदेखि काठमाडौँ आउँदै पेट्रोलियम पाइप–लाइन

भारत निर्भरता हट्दै, चीनको केरुङदेखि काठमाडौँ आउँदै पेट्रोलियम पाइप–लाइन

२९ साउन २०७७ काठमाडौँ । पेट्रोलियम पदार्थको आपूर्तिलाई थप सहज बनाउन चीनको केरुङदेखि काठमाडौँसम्म पेट्रोलियम पाइप–लाइन बिछ्याइने भएको छ ।

केरुङदेखि नेपालको रसुवागढी–नुवाकोट हुँदै पेट्रोलियम पाइपलाइन बिछ्याउनका लागि यसै आर्थिक वर्षमा अध्ययन गरिनुका साथै नेपाल आयल निगमको चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा समेत उक्त पेट्रोलियम पाइपलाइन बिछ्याउने कार्यक्रम सूचीकृत गरिएको छ ।

प्रस्तावित पाइप–लाइन बिछ्याउने योजना अगाडि बढ्दा भारतसँगको निर्भरतामा सन्तुलन आउने छ । निगमका प्रवक्ता विनितमणि उपाध्यायले चालू आर्थिक वर्षमा निगमले उक्त पाइप लाइनबारे प्रारम्भिक अध्ययन गर्ने जानकारी दिए । प्रधानमन्त्री केपी शर्मा ओलीको पहिलो कार्यकालमा भएको चीन भ्रमणमा समेत पेट्रोलियम आपूर्तिबारे छलफल तथा सहमति भएको थियो ।

 


Thali Mobile Pvt.Ltd.